१४ बैशाख २०८१, शुक्रबार

नेमुवा नजिकै राजमार्ग किनारमा शंकास्पद प्रेसरकुकर बम फेला, सेनाद्धारा डिस्पोजको प्रयास हुँदै

संवाददाता

विराटनगर ।कोशी राजमार्गको नेमुवामा शंकास्पद प्रेसर कुकर बम फेला परेको छ। बिहिबार साँझ स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि संकास्पद प्रेसरकुकर बम भएको हुनसक्ने प्रहरीले जनाएको छ । मोरङको बुढिगंगा गाउँपालिका ३ कोशी लोकमार्गमा स्थित नेमुवा चोक नजिकै रहेको पुरानो भगवती सोफ साबुन उद्योग अगाडीको पर्खालसँगैको नालीको भागमा शंकास्पद बस्तु प्रेसरकुकर बम भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। शंकास्पद प्रेसरकुकर बम फेला परेपछि नेपाली सेना डिस्पोजमा सक्रिय छ । बिराटनगर विमानस्थलबाट गएको नेपाली सेनाको टोलीले बम निस्क्रिय पार्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ । कुनै क्षती हुन नदिनको लागि नेपाली सेनाले डिस्पोजको लागि प्रयास गरिरहेको छ भने राजमार्गमा एकतर्फी मात्र सवारी चल्न दिईएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्