०८ बैशाख २०८१, शनिबार

इक्युवालिटि कप महिला क्रिकेट फाईनमा झापा र मोरङ भिड्ने

संवाददाता

विराटनगर । विराटनगरमा जारी इक्युवालिटि कप महिला क्रिकेट २०२२को फाईन खेल झापा र मोरङ बिच हुने भएको छ।
नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा विराटनगरको वैजनाथपुर क्रिकेट रंगशालामा भएको खेलमा मोरङ र झापा फाईनलमा प्रतिस्पर्धा गर्ने भएका हुन् । आज भएको खेलमा झापा र मोरङ विजयी हुँदै फाईनलको यात्रा तय गरेका हुन् ।
सोमबार भएको पहिलो खेलमा झापाले मधेश प्रदेशको सप्तरीलाई २ सय ३३ रनको फराकिलो रन अन्तरले पराजित गर्दै फाईनलको यात्रा बनाएको थियो । झापा लिगको सवै खेलमा विजयी हुँदै फाईनमा पुगेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाई २ सय ६० रनको स्कोर बनाएको थियो । झापाकी नेपाली राष्ट्रिय टोलीकी विकेट किपर काजल श्रेष्ठले सतक प्रहार गरिन् । काजलले १ सय २ रन बनाउँदा ६४ बलमा १७ चौका प्रहार गरिन् । अपसरी वेगमले अर्ध सतक प्रहार गर्दै ५० रनमा आउट भइन । त्यस्तै निमा तामाङले ३६ रनको योगदान दिइन् । झापाका २ विकेट रन आउट भएको थियो ।
२ सय ६१ रनको विशाल लक्ष्य पछ्याएको सप्तरीले १९ दशमलव २ बलमा सवै विकेटको क्षति २७ रनमा सिमित भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो अंकमा छुन सकेनन् । खेलको वुमेन अफ म्याच झपाकी सतक प्रहार गर्ने काजल घोषित भइन् ।
दोस्रो खेलमा मोरङले सुनसरीलाई १ विकेटले पराजित गर्दै फाइनलमा प्रबेश ग¥यो । टस जितेर पहिलो ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २७ रनकोे योगदान ग¥यो । सुनसरीकी भावना कामतीले ४० रन बनाउँदा सलिना तामाङले २६ रन बनाइन् । मोरङकी कप्तान अन्सु जैसवालले ३ विकेट लिँदा टिका साहले २ विकेट लिइन् ।
१ सय १८ रनको लक्ष्य पछ्याएको मोरङले १८ दशमलव ३ बलमा १ विकेटको क्षति ब्यहोर्दै विजयी लक्ष्य भेट्टायो । मोरङकी सानु राजवंशीले अविजित ४५ रन बनाउँदा नविता राजवंशीले पनि अविजित १८ रन बनाईन । त्यस्तै सृजना राजवंशी २४ रनमा आउट भइन् । सुनसरीकी प्रिया मलाहाले १ विकेट लिइन् । खेलको वुमेन अफ म्याच मोरङकी रानु घोषित भइन् । झापा र मोरङ बिचको फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्