१२ बैशाख २०८१, बुधबार

प्रदेश सरकारले विराटनगरमा अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने

संवाददाता

विराटनगर । प्रदेश १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्यरुपमा मनाउने भएको छ । सामाजिक विकास मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात भोली मनाईने दिवसको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
मन्त्रालयका सचिव दीर्घराज मैनालीले भोली विहान मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा सामाजिक संघ संस्थाहरुको सहभागितामा विराटनगर देवकोटा चौकमा भेला भएर नेपाल प्रहरीको ब्याण्ड वाजा र सांस्कृतिक झाँकी सहित बृहत ¥याली निकालिने बताए । ¥याली जलजला मोडबाट बजार परिक्रमा गरि गोल्छा चौक हुँदै आदर्श माविको मञ्चको कार्यक्रममा सहभागि हुने तयारी गरिएको पत्रकार सम्मेलनमा सचिव मैनालीले जानकारी दिए । ¥यालीपछि विहान साढे ८ वजेदेखि आदर्श माविको प्राङगणमा खुल्ला रक्तदान कार्यक्रम राखिएको उनले बताए । मानवसेवा आश्रममा आश्रितलाई फलफूल वितरण कार्यक्रम गरिने र साँझ साढे ५ वजे विराटनगर ट्राफिक चौकमा दीप प्रज्वलन गरि दिवस समापन गरिने सचिव मैनालीले बताए ।
११२ औं अन्र्तराष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाईदैछ ।

यहाँ कमेन्ट गर्नुहोस्