१४ बैशाख २०८१, शुक्रबार

प्रदेश नम्बर १ को पर्यटन प्रवद्र्धन गर्न नेपालका पर्यटन व्यवसायी भारतमा

संवाददाता

विराटनगर । सुनसरीको धरानमा आयोजना हुने हुने इष्ट टुरिजम मार्ट २०२२ लाई प्रवद्र्धन गर्न पर्यटन व्यवसायीको प्रतिनिधि मण्डल भारतको पश्चिम बंगाल र बिहार पुगेको छ।
सिलिगुडीमा शनिबारदेखी तीन दिनसम्म आयोजना हुने बंगाल ट्राभल मार्टमा पूर्वका व्यवसायीहरू पर्यटन प्रवद्र्धन गर्न पुगेका हन् । मार्टमा विराटनगर, धरान, इटहरी, काकरभिट्टा, दमक, बिर्तामोडलगायत स्थानबाट पर्यटन व्यवसायीहरू सहभागी भएका छन् । मार्टमा नेपाल पर्यटन बोर्डले नेपाली व्यवसायीहरूका लागि स्टल उपलव्ध गराएको छ ।
बंगाल ट्राभल मार्टमा भएको सहभागिताले पूर्वी नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने इष्ट टुरिजम मार्टका संयोजक भविष श्रेष्ठले जानकारी दिए । बंगाल ट्राभल मार्टमा पूर्वी नेपालका मुख्य ग्राहकहरू हुनसक्ने बंगाल सिक्किम र उडिसाका ट्राभल एजेन्टहरू संगको प्रवर्धनले आफूहरू उत्साहित भएको श्रेष्ठले जानकारी दिएका छन् ।
बंगाल ट्राभल मार्टमा सहभागी भएको प्रदेश १ को नेपाली पर्यटन ब्यवसायीको टोली इष्ट टुरिजम मार्टको प्रचार र प्रवद्र्धन गर्न बिहारको किशनगञ्ज पूर्णिया कटिहार र दरभंगा जाने छ । बिहारका ती स्थानहरूमा गएर त्यहाका व्यवसायीहरूलाई मार्टको निम्तो दिने र पूर्वको प्रवद्र्धन गरिने नेपाल एशोशिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) का प्रदेश अध्यक्ष उदय श्रेष्ठले बताए ।
इष्ट टुरिजम मार्ट २०२२ आगामी चैत ११, १२ र १३ गते धरानमा हुन लागेको छ । मार्टको यो तेस्रो संस्करण हो । सन् २०१८ र २०१९ मा आयोजना भएको मार्ट कोरोनाका कारण बीचका वर्षमा आयोजना हुन सकेको थिएन । कोरोनाको कारण ठप्प भएको पर्यटन व्यवसाय मार्ट जस्ता क्रियाकलापले गति लिन सक्ने संयोजक श्रेष्ठका भनाई छ । बंगाल र बिहार भ्रमण कार्यक्रमको संयोजन नेपाल पर्यटन बोर्डले गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्