१४ बैशाख २०८१, शुक्रबार

बिराटनगर जेसिज ५० बर्षमा प्रवेश

संवाददाता

विराटनगर । बिराटनगर जेसिज ५० औ बर्षमा प्रवेश गरेको छ । ५० औ बसन्तमा प्रवेश गरे सगै बिराटनगर जेसिजले स्वर्ण जयन्ती महोत्सव शुरु गरेको छ । मार्च ७ देखि सुरु भएरको बार्षिक कार्यक्रम बर्ष भरी नै विभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ । विराटनगर जेसिस स्थापनाको यो अबिधमा राजेन्द्र बहादुर श्रेष्ठ , सन्तोष रिजाल र फुल कुमार लालवानीलाई राष्ट्रिय अध्यक्ष बनाउन सफल भएको छ । बार्षिक उत्सवको अबसरमा सिबराटनगरमा रक्तदान कायक्रमको आयोजना गरिएको जेसिजले जजनाएको छ । रक्तदानबाट ५० पिन्ट रगत संकलन भएको जेसिज बिराटनगरका अध्यक्ष देवचन्द्र घिमिरेले बताए ।
कार्यक्रममा पुगेका बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बिराटनगर जेसिज समाजमा युवाहरुलाई नेतृत्वमा ल्याउन प्रेरित गर्ने सस्था रहेको बताए । सस्थाले गर्ने हरेक गतिविधिलाई नजिक बाट नियालीरहेको बताएका पराजुलीले बिराटनगर जेसिज स्वर्ण महोत्सव मनाउदै गर्दा यसको भवनलाई अझ ब्यबस्थित बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता गरे अनुरुप काम अघि बढेको बताए ।
स्थापना दिवसको अबसर पारेर गरिएको दोश्रो कार्यक्रममा लोेगोको अनावरण गरिएको छ भने दीप प्रज्ज्वलन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
बन, बाताबरण तथा भुसंरक्षण मन्त्री शेखरचन्द्र थापालले बिराटनगर जेसिज ५० औ बर्षमा पुगेको अवसरमा तयार पारिएको लोगो अनावरण गरे । उनले जेसिजले सामाजिक कामसँगै नेतृत्व विकासमा महत्वपुर्ण भुमिका खेलेको बताए । पुर्व अध्यक्ष सुरेशलाल श्रेष्ठले अग्रजबाट हस्तान्तरण हुँदै अहिलेको अवस्थामा जेसिज आइ पुगेको र ५० बर्ष पुगेको अवसरमा अझ बढी काम जेसिज तयार हुनु पर्नेमा जोड दिए । मन्त्री थापाले जेसिजबाट नेपालका राजनीतिक दलहरुले बिधिको साशन सिक्नु पर्नेमा जोड दिए ।
बिराटनगर जेसिजले राष्ट्रिय अध्यक्ष पदका लागि उमेदवारका रुपमा प्रस्तुत गरेका बिराटनगर जेसिजका पुर्व अध्यक्ष श्याम सुन्दर पौडेल मिलनले बिराटनगर जेसिज ५० बर्षमा पुग्दै गर्दा युवालाई जेसिज प्रति आकर्षण बढाउन युवालाई उद्यमशिललतासँग जोडेर जानु पर्ने बताए ।
बिराटनगर जेसिज बोर्ड अफ ट्रस्टका अध्यक्ष तथा स्वर्ण जयन्ती कमिटीका सह सयोजक टिकाराज ढकालले बिराटनगर जेसिज ले गर्ने हरेक गतिबिधीमा आफूहरुले सहयोग गर्ने बताए ।
कार्यक्रममा जेसिजका विभिन्न शाखाका शाखा अध्यक्ष, पत्रकार, बुद्धिजीवी जेसिजका बोर्ड जेसिज सदस्य , जुनियर जेसिज, संघ सस्थाका प्रतिनिधि पुर्व अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्