०४ बैशाख २०८१, मंगलबार

संखुवासभा दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो, घाईतेलाई धरान ल्याईयो

संवाददाता

विराटनगर । संखुवासभामा भएको सवारी दुर्घटनामा ज्यान गएका १४ जनाको सनाखत भएको छ।  ज्यान  जानेहरुमा मादी नगरपालिका वडा नम्बर मादी ६ की ३० बर्षीय सिता बिक, सोही ठाउँकी ३२ बर्षीय अन्जना कटुवाल, मादी ५ को ४९ बर्षिय भवानीप्रसाद दाहाल, बादी २ का ४२ ईन्द्र अधिकारी, मादी ६ बर्षकी ५ बर्षीय बालिका बिद्या कटुवाल रहेका छन् । त्यस्तै मादी ४ का ६० बर्षीय बलबहादुर कार्की, मादी ४ का २८ बर्षिय सबिता कार्की र सोही वडाका ४८ बर्षीय दिपक कुमार दाहाल दाहालको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका एसपी नविनराज राईले जानकारी दिए । उनका अनुसार मादी नगरपालिका ५ का ५५ बर्षिय श्याम शेर्मा, मादी ४ का आइतबहादुर तामाङको पनि दुर्घटनामा ज्यान गएको छ। गाडी चालक तेह्रथम थाक्चामाराका ३१ बर्षिय बिपिन निरौला र सहचालक मादी नगरपालिका वडा नम्बर ५ का उमेश भट्टराईको पनि दुर्घटनामा ज्यान गएको छ।
त्यस्तै तप्लेजुङ ठेगाना भएका आमा छोराको मृत्यु भएको छ। ३१ बर्षीय समिक्षा योन्जन र उनका छोरा ८ बर्षिय सुदिप घिसिंङको ज्यान गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राईले  जानकारी दिए ।
दुर्घटनामा ५ जना घाईते भएका छन् । घाईते मध्ये एकजनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाईतहरुमा मादी नगरपालिका ६ को डम्बर कार्की, तुलसा कटुवाल, मादी४ का करिस्मा तामाङ, सुवास तामाङ र मादी ५ की युका पोखरेल घाईते छन् । उनीहरुलाई उद्दारगरि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याईएको प्रहरीले जनाएको छ। घाईते मध्ये युका पोखरेलको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएकाहरुको हेलिकोप्टरबाट बीपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरान ल्याईएको प्रहरीले जनाएको छ। मादी नगरपालिकाबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका ६ को सात घुम्तीमा दुर्घटना भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्