१६ चैत्र २०८०, शुक्रबार

बृद्धा आश्रमबाट हराएकी महिला तमोरमा मृत फेला

संवाददाता

विराटनगर । धनकुटामा बृद्धा आश्रमबाट हराएकी एक महिला तमोर नदी किनारमा मृत अबस्थामा भेटिएकी छिन् । धनकुटामा रहेको बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीय देबी लामिछाने तमोर नदीको किनारमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको शब धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदीमा भेटिएको थियो । मृत फेला परेकी महिला धनकुटा नगरपालिका–९ मा रहेको बृद्धा आश्रममा बस्दै आएको प्रहरीले जनाएको छ। लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रम देखि हराई बेपत्ता भएकोमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले उनको शबलाई आज बिहान फेला पारेको थियो । घटनाको बारेमा अनुसन्धान गरिरहेको धनकुटा प्रहरीले मृत शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्