०७ बैशाख २०८१, शुक्रबार

स्मृति स्कुलले फुड फेस्टिबल गर्दै

संवाददाता

विराटनगर । बुढिगंगा गाउँपालिका नेमुवामा रहेको स्मृती बोर्डिंङ स्कुलले फुड फेस्टिबल मनाउने भएको छ। होलीको अबसर पारेर आगामी चैत ७ गते सोमबार फुड फेस्टिवल गर्न लागेको हो । बालबालिकालाई मनोरन्जन तथा खानाको परिकारबारे जानकारी दिन खाना महोत्सव मनाउन लागिएको बिद्यालयकी प्रिन्सिपल रिता न्यौपानेले जानकारी दिईन् । हरेक बर्ष बिभिन्न जानकारीमुलक कार्यक्रम गर्दै आएको बिद्यालयले यो बर्ष खानाका परिकारको बारेमा जानकारी दिन लागिएको उनको भनाई छ। स्थानीय खानाको प्रचार प्रसारको लागि पनि फुड फेस्टिबलले टेवा पुर्याउने बताईएको छ। बुढिगंगा गाउँपालिका वडा नम्बर ३ नेमुवामा रहेको यस बिद्यालयले बिभिन्न ८ प्रकारका खानाहरुको स्टल राखिने जनाएको छ । प्रिन्सिपल न्यौपानेका अनुसार नेपाली खाना गुन्द्रुक र ढिँडो, नेवारी खाना योमरी, चौधरी थारु खाना बगिया, नेपाली सांस्कृतिक खाना सेलरोटी, तराईको खाना चार्ट, मुस्लिम खाना बिर्यानी, बैष्णव खाना खीर लगायत आलु जिरा सहितको खानाका परिकार रहनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्