१५ बैशाख २०८१, शनिबार

सुनसरीका सिमा नाकामा सुरक्षा अधिकारीको निरीक्षण

Click Biratnagar

विराटनगर । सिमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्न सुनसरीका नाकाहरुको निरीक्षण गरिएको छ। सुनसरी जिल्लाको दक्षिणी भेगमा रहेको नेपाल भारत सिमा स्तम्भहरुको सुरक्षा निकायका प्रमुखहरुबाट निरीक्षण भएको हो ।
प्रदेश प्रहरी प्रमुख डिआईजी अरुण कुमार बि.सी., सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादब, सुनसरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान सहितको टोलीले नाकाको निरीक्षण गरेको हो । सिमा क्षेत्रबाट चोरी निकारी तथा तस्करी हुने गरेको नागरिकको गुनासोका आधारमा सुरक्षा निकायहरु सिमा क्षेत्रमा गएको हो ।
टोलीले सुनसरीको देवानगंज, साहेवगंज, कप्तानगंज क्षेत्रको नेपाल भारत सिमामा रहेको सिमा स्तम्भहरुको निरीक्षण अवलोकन गरेको हो । डिआईजी बिसीले सिमा स्तम्भहरुको निरीक्षण अवलोकनकै क्रममा सुरक्षा निकाय सहित स्थानिय नागरिकहरुसँग सिमाका समस्याको बारेमा अन्तरक्रिया गरेका थिए ।
डिआईजी बिसीले सीमा क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय देवानगंज, सिमा प्रहरी चौकी साहेवगंज, प्रहरी चौकी कप्तानगंज, अस्थायी प्रहरी चौकी मोतिटप्पुका प्रहरीलाई सिमामा हुने आपराधिक तथा सीमा क्षेत्रमा हुने बिविध गतिविधिका बारेमा जानकारी लिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्