१४ बैशाख २०८१, शुक्रबार

तोकिएकै समयमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

संवाददाता

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाब हुनेमा आशंका नगर्न आग्रह गरेका छन् । तोकिएकै समयमा चुनाव हुने बताएका हुन् । मोरङको सुन्दर हरैँचा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावका बिषयमा आशंका नगर्न भनेका हुन् । लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरि भएको घटनाका दोषीलाई कार्वाही गरिने प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिववद्धता जनाएका छन् । लेटाङ घटनाको छानबिन गरी महिला प्रहरी हत्या भएको घटनामा संलग्नलाई कारबाही गरिने उनले बताए ।
सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ८ मा नगरपालिकाले प्रशासनिक भवन शिलान्यास गरिएको हो । निर्वाचन आयोगले काम अघि बढाईरहेकोले निर्वाचन आयोगले गरेको काममा सरकारले सहयोग गर्ने दाबी गरे । करिब २७ करोड लागतमा निर्माण हुने नगर प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।
कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले चुनाव गराउनेमा शंका व्यक्त गरेपछि देउवाले चुनाव हुनेमा ढुक्क रहन आग्रह गरेका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्