०६ चैत्र २०८०, मंगलबार

विराटनगरका उद्योगी गोयलद्वारा दश लाखको छात्रवृत्ति कोष स्थापना

संवाददाता

विराटनगर । विराटनगरका उद्योगी-समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा दशलाखको छात्रवृत्तिको स्थापना गरेका छन् । मंगलबार विद्यालयमा आयोजित सुमनदेवी गोयल छात्रबृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै गोयलले कोष स्थापना गर्ने बताएका हुन् । यसअघि सोही विद्यालयमा उनी संरक्षीत सुमनदेवी गोयल छात्रबृत्तिमा चारलाख रुपैयाको अक्षयकोष रहेको थियो ।
स्वर्गीय सुमनदेवी गोयल स्मृति छात्रबृत्ति कोषबाट २२ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ। कक्षा ९ देखि १२ सम्मका प्रथम, द्वितिय तथा तृतिय स्थान ल्याउने छात्र छात्रालाई संरक्षक दिनबन्धु गोयल दाता मनोज गोयलले विद्यार्थीहरुलाई छात्रबृत्ति रकम हस्तान्तरण गरेका थिए ।
त्यसैगरि विद्यालयको आन्तरिक स्रोतबाट १५ जना उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ । कक्षा ११ का व्यवस्थापन, कानुन, इलेक्ट्रिसियन र शिक्षा संकायमा प्रथम हुने विद्यार्थीहरुलाई ६ हजार रुपैया“देखि १७ हजार ५०० रुपैया“सम्म छात्रबृत्ति प्रदान गरिएको हो । विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले अध्ययनमा प्रोत्साहन गर्ने उदेश्यले छात्रबृत्ति प्रदान गरिएको बताए ।
स्व. सुमनदेवी गोयल स्मृति छात्रबृत्ति कोषका संरक्षक गोयलले कक्षा ६ देखि ११ सम्मका ७ जना छात्राहरुकालागि ११ हजारका दरले छात्रबृत्ति प्रदान गर्नकालगि १० लाख रुपैया“को नया“ छात्रबृत्ति कोषब स्थापना गर्ने घोषणा गरेको गोयलले बताए । उनले सोही विद्यालयमा अध्ययन गरेकी स्व.बुहारी सुमनदेवीको स्मृतिमो छात्रबृत्ति शुरु गर्न लागेका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्