१४ बैशाख २०८१, शुक्रबार

चुनावमा गठबन्धन गरे कांग्रेस कमजोर हुन्छ : कोईराला

संवाददाता

विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले गठबन्धन गरेर जान नहुने बताएका छन् । बिराटनगरमा नेपली कांग्रेसको चुनाव लक्षित गीत सार्बजनिक गर्ने गर्दै कोईरालाले गठबन्धन काँग्रेसका लागि घातक हुने बताएका हुन् । गठबन्धनले कांग्रेसलाई २०७४ कै जस्तो खराब चुनावी परिणाममा पुर्याउने बताए ,। कार्यकर्ताहरु गठबन्धन नगरी चुनाबी अपभयानमा जाँदा परिणाम राम्रो हुने बताउने गरेको पनि उनले सुनाए ।
‘कार्यकर्ताबाट गठबन्धनले नेपाली कांग्रेसलाई फाइदा गर्दैन भन्ने कुरा छ,’ कोइरालाले भने, ‘ त्यो भनेको २०७४ सालको निर्वाचनको जस्तै हुनु हो ।’ त्यो बेला पनि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले चुनावी तालमेल गरेको र पछि एमालेसँग मिलेको कोईरालाको भनाई छ।

डाक्टर कोइरालाले गठबन्धन गर्दा कांग्रेस कमजोर हुनसक्नेमा चिन्ता ब्यक्त गरेका छन् । बिचार र सिद्धान्त नै फरक बोकेर हिँडेका दुई धुर्बका पार्टीका बिचमा चुनावी तालमेल गर्नु ठिक नहुने उनको तर्क छ। कतै स्थानीय स्तरमा त्यहाँका पार्टीहरुले आपसमा कुनै वडा दिएर मिल्दा जित्न सक्ने अवस्था बन्छ भने त्यो बेग्लै कुरा हो नत्र केन्द्रबाट नै चुनावी तालमेल गरेर गठबन्धन गर्न नहुने आफ्नो स्पष्ट धारणा रहेको उनले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्