१५ चैत्र २०८०, बिहिबार

काेभिडले राेजगारी गुमाएका विराटनगरका महिलालाई सिलाई प्रशिक्षण शुरू

संवाददाता

विराटनगर ।काेभिडका कारण अप्ठेराेमा परेका महिलाकाे लागि एकहप्ते सिलाई प्रशिक्षण शुरू भएको छ । माईति नेपाल र नारी विकासले ६ दिने कपडाकाे झाेला बनाउने तालिम शुरू गरेका हुन् । घरेलु हिंसामा परेका, काेभिडका कारण राेजगारी गुमाएका महिलालाई वडाकाे सिफारिसमा तालिम दिईएकाे हाे । तालिक लिएका महिलालाई जिबिकाेपार्जनकालागि १५ वटा मेसिन दिईने छ । तालिम लिएका मध्ये ८ जनालाई माईति नेपाल र   ७ जनालाई नारी विकास संघले मेसिन उपलब्ध गराउने माईति नेपाल विराटनगरका संयाेजक विनाेद पाेखरेलले बताए । युएनअाेमेनकाे सहयाेगमा माईति नेपाल र नारि विकास संघकाे आयोजनामा ३० जनालाई तालिम दिन थालिएकाे हाे । तालिमबाट उत्कृष्ट हुने १५ जनालाई मेसिन उपलब्ध गराईने माईति नेपालले जनाएको छ । सिलाई मेसिन पाएका महिलाहरूले सामुहिक ब्यवसाय संचालन गर्नु पर्ने अनिवार्य ब्यबस्था गरिएको पाेखरेलले जानकारी दिए ।

तालिममा महानगरपालिकाका वडा नम्बर ४,५ र १२, १३, १५, १६ का सहभागी रहेका छन् । काेभिडकाे सयमा विराटनगरका १९ वटै वडामा समुहिक भान्साघर सञ्चालन सञ्चालन भएको थियाे । त्यसमा दैनिक २५० महिला तथा बालिकालाई सामुहिक खाना खुवाउने गरिएको थियाे । जुन काेभिडकाे समयमा खान नपाएका, अपाङ्गता भएका, सुत्केरी, गर्भवती , राेजगारि गुमाएका, हिंसामा परेका महिलालाई लक्षित गरि ३ महिना सामुहिक खाना खुवाउने काम भएकाे थियाे त्यसबाट अहिलेसम्म समस्यामा रहेका महिला लक्षित सीप विकास तालिम दिईएकाे हाे । काेभिडका कारण लामाे समय अप्ठ्यारोमा परेका महिलालाई पहिचान गरि तालिम दिईएकाे पाेखरेलकाे भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्