०७ बैशाख २०८१, शुक्रबार

विराटनगरको रथयात्राको दिन प्रदेश सरकारले बिदा दिने

Click Biratnagar

विराटनगर । प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले प्रदेश सरकारले दिने सार्बजनिक बिदा स्वीकृत गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको वि.सं.२०७९ सालमा प्रदेश सरकारले दिने सार्वजनिक बिदासम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो । बैठकले भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द दिवसकालाई सार्बजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारलाई थप ६ वटा बिदा दिन पाउने अधिकार भए बमोजिम उक्त बिदा दिइने निर्णय गरिएको यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यस्तो सहयोग असाध्य रोग लागेका बिरामीलाई उपचार खर्च वापत हुने घिमिरेले बताए ।
त्यस्तै अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वय सम्बन्धी कार्यविधि,२०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले पारित गरेको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान(पहिलो संशोधन नियमावली, २०७८’ स्वीकृत गरेको छ ।
पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन स्वीकृत गर्दै प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री घिमिरेले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्