०७ बैशाख २०८१, शुक्रबार

नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त

क्लिक विराटनगर

विराटनगर । प्रदेश १ मा नेपाली कांग्रेसले प्रमुख सचेतकमा सुयर्माराज राईलाई नियुक्त गरेकाे छ । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका हुन् । काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले उनलाई दलको विधान अनुसार प्रमुख सचेतक राईलाई नियुक्त गरिएको बताए। राई यसअघि दलका सचेतक थिए । तत्कालीन प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारकाे आन्तरिक मामिला तथा कानुन मन्त्री बनेपछि काँग्रेस प्रमुख सचेतक पद रिक्त रहेकाे थियाे ।

यहाँ कमेन्ट गर्नुहोस्