१३ बैशाख २०८१, बिहिबार

मुख्यमन्त्री राई र स्वीस राजदूतबीच विराटनगरमा भेटवार्ता

क्लिक विराटनगर

विराटनगर । स्वीस राजदुतले प्रदेश १ मा संचालनमा रहेको परियोजनाको बारेमा जानकारी राखेकी छिन् । हरेक ३ महिनामा प्रदेश १ मा आउने र विसका परियोजनाको बारेमा जानकारी लिने गरेकी हुन् । नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग द्विपक्षीय हितका बारे भेटवार्ता गरेकी हुन् । यस अघि गत पुसमा पनि राजदुत क्याप्लरले राईलाई भेट गरेकी थिईन् ।
भेटमा राजदूत भोन क्याप्लरले पहिलेकै भेटघाटको निरन्तरताको रुपमा स्वीस सहायतामा सञ्चालनमा भएका परियोजनाका बारे थप छलफल र समीक्षा गर्न चाहेको उल्लेख गरिन् । बीचमा प्रदेश नं. १ सरकारले स्वीस परियोजनाअन्तर्गत रहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना स्वीकृत गरेकोमा राजदूत क्याप्लरले खुसी व्यक्त गन् ि। विकास साझेदारहरूमध्ये आफूहरू सम्भवतः प्रदेश सरकारसँग धेरै प्रगाढ र नजिकको सम्बन्धमा रहेर साझेदारीमा काम गरिरहेको उनले बताईन् । राजदुत क्याप्लरले प्रदेश नं. १ मा लगभग २ अर्ब बराबरको सहयोग कार्यक्रम सञ्चालन भएको जानकारी दिईन् । मुख्यमन्त्री शेरधन राईको कार्यकालमा प्रदेश १ को विकासको लागि स्वीस सरकारसँगको साझेदारीमा १ अर्बको परियोजनामा प्रदेश सरकारले पहिलो पटक प्रदेश १ मा वैदेशिक सहायता ल्याएको थियो । राजदुत क्याप्लरले स्वीस सहयोग परियोजना कार्यक्रमबारे प्रदेश सरकारको पृष्ठपोषणको अपेक्षा गरिएकोे उल्लेख गरिन्् ।
भेटका क्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वीस परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमको मसिनो ढंगले अध्ययन गरी नसकेको बताए । उनले यो परियोजना प्रदेश १ लागि एकमात्रै वैदेशिक सहयोगको कार्यक्रम भएको स्वीकार गरे । स्वीस सरकारसँग सहयोग र सहकार्य निरन्तर हुने विश्वास व्यक्त गरेका राईले संघीय प्रणाली लागू भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सरकारलाई अझ पनि अनुभवको कमी रहेको बताए । जनताको अपेक्षाअनुसार पर्याप्त बजेट अभाव अहिले चुनौतीको रुपमा रहेको सुनाए ।

यहाँ कमेन्ट गर्नुहोस्