१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा जारी मिल्स गोल्डकप: साइनो स्पोर्टिङ क्लब सेमिफाइनलमा

संवाददाता

विराटनगर । ‘सडन डेथ’ बाट जित निकाल्दै साइनो स्पोर्टिङ क्लब विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।
विराटनगरस्थित जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै साइनो सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो । टाइब्रेरकमा पनि दुवै टिमले ५–५ को बराबारी खेलेपछि नतिजा सडन डेथबाट लिएको हो ।
सडन डेथमा साइनोका निशान लिम्बु, निसन लिम्बु, कैलाश बस्नेत, दिवाकर चौधरी, मिन धिमाल, भुवन बस्नेत र दिनेश राईले गोल गरेका थिए । किसन सुब्बा र असिम राईको प्रहार उदयपुरका गोलकिपर करन राईले सेभ गरिदिएका थिए भने खमीर गिल्सनको प्रहार बारमा लागेर बाहिरियो ।
उदयपुरका सुशन तामाङ्ग, दिल कुमार तामाङ्ग, देवराज चौधरी, रवि शंकर चौधरी र रूपक फुयलले मात्र गोल गरे । साइनोका गोल किपर एन्जल श्रेष्ठले उदयपुुरका चार जना खेलाडी पेल्लान्टी सुट सेभ गरिदिए । दिपेश भूजेल, दिपक मगर, किरण राई र युवराज थापा मगरेको प्रहार साइनो गोलकिपर एन्जलले उत्कृष्ट सेभ गरिदिए । खेलको म्यान अफ द म्याच साइनका गोल किपर एन्जल घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे ।
यसअघि उदयपुरका सुशन तामाङ्गले खेलको १७ औं मिनेटमा वान भर्सेस वानको प्रहार गोलमा परिणत भएको थिए । मुकेशले माझीले निकालिदिएको पासलाई सुशनले मध्यभागबाट एक्लै बल अगाडी बढाएर गरेको प्रहारलाई साइनोका गोलकिपर एन्जल श्रेष्ठले ठम्याउन सकेनन् ।
खेलको अतिरिक्त समय ७२ औं मिनेटमा साइनोका भुवन बस्नेतले दिएको क्रस पासलाई आशिष राईले गोल गरि खेल बारबारीमा ल्याए । अन्तिम सम्मा उदयपुरका खेलाडी समालिन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुगेको छ । साइनोको गोलपछि खेल रोमाञ्चक बन्न पुगेको थियो ।
दुवै टीमबीच निकै टक्कर भएको थियो । खेलको २२ औं मिनेटमा उदयपुरका दिपक मगरले फ्रि किक प्रहार क्रसबारबाट बाहिरिन पुग्दा गोल गर्ने अवसर गुमाएको थियो । खेलको ४६ औं मिनेटमा उदयपुरका प्रतिम चौधरीको कडा प्रहार पोसमाथिबाट बाहिरियो ।
साइनकोका दिनेश राईले ६० औं मिनेटमा गोल गर्ने राम्रो अवसर खेर फाल्यो । ६७ औं मिनेटमा उदयपुरका सुुशन तामाङको प्रहार बाहिरयो ।
थप गरिएको पाँच मिनेटको अतिरिक्त समयमा साइनोले गोल गरेपछि उदयपुर दबावमा देखियो ।
सोमबारको खेल साबिक बिजेता एपीएफ पकली र गोलबजार प्रतिभा फुटबल क्बल सिराहा बिच हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्