१४ बैशाख २०८१, शुक्रबार

मध्यरातमा कुटाकुट, एकजनाको मृत्यु

Click Biratnagar

विराटनगर । ओखलढुङगामा एक आपसमा कुटाकुट गर्दा एकजनाको मृत्यु भएको छ । सिद्धचरण नगरपालिका ५ चित्रेका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगाडा भएको थियो । दुई जना बिचको कुटाकुटबाट पासाङ तेन्जी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ। गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा तेन्जीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्