०८ बैशाख २०८१, शनिबार

विराटनगरका १५ जना महिलालाई सिलाई मेसिन वितरण, सामुहिक ब्यवसाय गर्ने

संवाददाता

सिलाई मेसिन उपलब्ध

विराटनगर । माईती नेपाल र नारी विकास संघले १५ जना महिलालाई सिलाई मेसिन उपलब्ध गराएको छ। ६ दिने तालिम सम्पन्न गरेका उत्कृष्ट प्रशिक्षर्थीलाई सिलाई मेसिन उपलब्ध गराएको हो । विराटनगरका बिभिन्न वडाबाट तालिममा सहभागी भएकाहरु ३० जना मध्येबाट १५ जनालाई सिलाई मेसिन उपलब्ध गराईएको माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिए ।
विराटनगरमा कोभिडका कारणले रोजगारी गुमाएका, हिंसामा परेका, ब्यवसाय गर्न खोजेका तर आर्थिक रुपमा सबल नभएका महिलालाई लक्षित गरि ६ दिने झोला सिलाई तालिम दिईएको थियो । माइती नेपालले १५ जना र १५ नारि विकास संघले प्रशिक्षण दिएका थिए । प्रशिक्षण समापन कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष झरिलाल महतोले मेसिन हस्तान्तरण गरेका थिए । यस्ता सीप विकास तालिमबाट लिईएका सीपलाई ब्यवसायीक रुप दिन उनले आग्रह गरे ।
तालिमका प्रशिक्षक गीता भट्टराई र संगीता आचार्यले ६ दिनमा धेरै सिलाई सम्बन्धि जानकारी लिन सक्रिय सहभागी हुने सबैलाई धन्यवाद दिएका थिए । प्रशिक्षकले सहभागीलाई सिपको सदुपयोग, आगामी दिनमा यसको वजार संचालन र व्यवसायी बन्ने उपायहरु पनि दिएका थिए ।
नारी विकास संघका हिमान्सु यादवले प्रशिक्षण पछि विउ पुंँजीको रुपमा ठुलो खालको सिलाई मेसिन उपलब्ध गराईएको बताए । १५–१५ जनाको समुहमा समुहिकमा सिलाई गर्ने गरि दुई समुहमा ब्यवसाय गर्ने गरि मेसिन उपलब्ध गराईएको माइती नेपालकी गीताञ्जली शर्माले जानकारी दिईन् ।

यहाँ कमेन्ट गर्नुहोस्