०७ बैशाख २०८१, शुक्रबार

सुनसरीमा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

संवाददाता

विराटनगर । सुनसरीमा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। रामधुनी नगरपालिका–६ बक्लौरीमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको हो । आज बिहानको समयमा ईचोलबाट बक्लौरी तर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएकोछ । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका–६ का वडा सचिव ५३ बर्षीय नन्द कुमार श्रेष्ठलाई उपचारको लागी धरान घोपा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्