१३ बैशाख २०८१, बिहिबार

नेपाल प्रेस युनीयन इटहरीको आयोजनामा शनिवार ‘युथ कंग्रेस कन्क्लेभ’

संवाददाता

इटहरी । नेपाल प्रेस युनीयन सुनसरी शाखा अन्तरगत इटहरी उपमहानगर समितिले ‘युथ कंग्रेस कन्क्लेभ’ कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली काँग्रेसका युवा नेताहरुको विचार र भिजनलाई बाहिर ल्याउनको लागि चैत १९ गते शनिवार कार्यक्रम आयोजना गर्न लागिएको हो ।
इटहरीको दुर्गा पार्टी प्यालेसमा शनिवार दिउँसो १ बजे सुरुहुने कार्यक्रममा ७ वटा विषयमा युवा नेताहरुले विचार सम्प्रेषण गर्ने प्रेस युनीयन इटहरी संयोजक विनय बाह्रकोटीले बताए । उनका अनुसार नेताहरुको लगाव र क्षमताको आधारमा बिषयबस्तु उपलब्ध गराईएको छ । इटहरी उपमहानगरपालिका भित्रको सरोकारका विषयमा युवा नेताहरुले रिपोर्ट प्रस्तुत गर्ने उनको भनाई छ ।
जसमा इटहरीको शैक्षीक उन्नयनको बिषयमा युवानेता प्रदीप केसी, महिला तथा समावेशीताको सवालः निर्मला चौधरी, प्रविधि मैत्री सहरः मन्दीप भट्टराई, आर्थीक समृद्धीका आधारहरुः विक्रम घिमिरे, सामाजीक लोकतन्त्रका सवालहरुः सुवेक्छुक देवान, व्यवस्थीत श्वास्थ्य सेवाः सन्दीप पौडेल र कला साहित्यको बिषयमा रंगकर्मी सोनु जयन्तीले रिपोर्ट प्रस्तुत गर्ने भएका छन् ।
त्यसपछि वडाका युवा नेताहरुले वडास्तरीय समस्या राख्ने कार्यक्रम रहेको बाह्रकोटीले बताए । युवाहरुको रिपोर्ट र समस्या पहिचानको आधारमा इटहरी काँग्रेसबाट मेयरका दाबेदार नेताहरुले आफ्नो योजना सहित भनाई राख्ने उनले जानकारी दिएका छन् । हाल देखीएका दाबेदार मध्ये नगर सभापती हेमकर्ण पौडेल, महाधिवेशन प्रतिनिधि भिम बहादुर पौडेल र रोहीत प्रसाईले भनाई राख्ने छन् ।
नेपाली काँग्रेस संसदीय दलका नेता तथा काँग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतीथ्यतामा हुन लागेको कायक्रमा इटहरीका सरोकारका बिषयमा छलफल हुने भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्