१६ चैत्र २०८०, शुक्रबार

इटहरीमा फोहोर प्रशोधन केन्द्र उदघाटन

संवाददाता

फोहोर प्रशोधन केन्द्र

विराटनगर । पछिल्ल्लो समय नेताहरु उद्घाटन र सिलान्यासमा ब्यस्त देखिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलका नेताहरु उद्घाटनमा ब्यस्त भएका हुन् । स्थानीय तहको सरकारको प्रमुखको हैँसियतमा दिनगन्ती शुरु हुन थालेपछि अहिले पालिकाका प्रमुखहरु उद्घाटनमा बढी केन्द्रीत देखिएका हुन् । त्यस्तै ब्यस्त हुने मध्येको एउटा पालिका हो ईटहरी उपमहानगरपालिका । बिहिबार इटहरी उपमहानगरपालिकाले वडा नम्वर १०मा फोहोर प्रशोधन केन्द्र संचालन ल्याएको छ। फोहोर प्रशोधन केन्द्रवाट ग्याँस उत्पादन थालिएको भन्दै त्यसको पनि उद्घाटन गरियो । आजैमात्र पनि इटहरी उपमहानगर वडा नम्वर ७ स्थित वहुवर्षे सडककोपनि उदघाटन गरेका थिए ।
बिहिबार उद्घाटन गरिएको फोहोर प्रशोधन केन्द्रको प्रदेश नम्वर १ का पूर्व मुख्यमन्त्री भीम आर्चायले उद्घाटन गरे । इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रर्वधन केन्द्र र वेन्स्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याइएको हो ।
केन्द्र संचालनका लागि वैकल्पिक उर्जा प्रर्वधन केन्द्र मार्फत विश्व वैकंको ६० प्रतिशत अनुदान र वेन्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानीमा फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको ईटहरी उपमहागरपालिकाका मेयर द्धारिकलाल चौधरीले जानकारी दिए ।इटहरी उपमहानगरपालिकाले जग्गा, त्यहाँ सम्म पुग्ने सडकको कालोपत्रे र पर्खाल लगाउने कार्य गरेको सुनाए ।
इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर संकलन हुने गरेको उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए । फोहोर प्रशोधन केन्द्रमा प्रत्येक दिन आठ सय केजी सम्म ग्याँस उत्पादन गर्न सकिने उनको भनाई छ। ‘सड्ने फोहोरवाट मात्र ग्याँस उत्पादन हुन्छ, उनले भने, नसड्ने खालका फोहोरलाई रिसाइक्लिङ्ग गरेर विक्रि गरिन्छ ।’
प्रशोधन केन्द्रको उदघाटन गर्दै पूर्व मुख्यमन्त्री भीम आर्चायले नगरका लागि अत्यन्तै आवश्यकीय फोहोर प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आएकोमा खुशी ब्यक्त गरे । सम्वृद्धिका लागि वातावरणीय स्वच्छता अनिवार्य रहेको जनाउदै इटहरीको फोहोरमैलाको उचित ब्यवस्थापन हुन थालेको बताए । प्रदेश सांसद लिलम वस्नेतले इटहरीमा चुनौतीको रुपमा रहेको फोहोरमैला ब्यवस्थापनको कार्य ब्यवस्थित हुनु नगरवासीकालागि खुशीको कुरा रहेको वताए । उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षे कार्यकालकै एक गौरव गर्न लायक कार्य सम्पन्न भएको बताईन् ।
यस्तै इटहरी उपमहानगरपालिका वडा नम्वर १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिक सहित मदन वाटिकाको आजै उद्घाटन भएको ईटहरी उपमहानगरपालिकाले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्