१६ चैत्र २०८०, शुक्रबार

ईटहरी बम बिस्फोट : चारजना पक्राउ

संवाददाता

विराटनगर । ईटहरीमा बम बिष्फोटन घटनामा संलग्न रहेको आरोपमा मुख्य योजनाकार सहित ४ जनालाई पक्राउ गरेको छ। गत चैत १४ गते सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर .२ का अमिर श्रेष्ठको घरमा मध्य रातमा बम बिस्फोट भएको थियो । डेरामा बस्ने ३२ बर्षीय लक्ष्मी थापा बस्ने कोठामा बम बिस्फोट भएको प्रहरीको भनाई छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी २ का रविन थापा, लक्ष्मी देवी थापा रहेका छन् । उनीहरु आमा छोरा रहेको प्रहरीको दाबी छ। त्यस्तै लमजुङ ढोडेनी गाउपालिका वडा नं ७ बस्ने बर्ष २३ को शेरजंग गुरुङ्ग र झापा कन्काइ न.पा. वडा नं ८ लक्ष्मीपुर वस्ने वर्ष ४३ को संजय भन्ने खगेन्द्र खरेललाई पनि प्रहरीले पक्राउ गरेको छ।
ईटहरीमा पत्रकार सम्मेलन गरि सार्बजनिक गर्दै प्रहरीले लक्ष्मीदेवी थापा (ठकुरी)को घरको कोठावाट वैंकको चेक बुक, राष्टिय स्वाधिनताको लडाईमा जनताको असल साथि राजा कफन स्थापना २०७० अवधारणा लेखिएको पर्चा बरामद गरेको प्रहरीले जनाएको छ। त्यस्तै हिमाल सुरक्षा परिषद नेपालको सेतो रंगको पर्चा, सिएफएन कफन लेखिएको अर्ध कट्टी सदस्यता कार्ड पनि प्रहरीले बरामद गरेको जनाएको छ। प्रहरीले केही भाग जलेको कपडा, कागज, सुतली, डोरी, केहि कालो भएको मसिनो तामाको जस्तो देखिने तारको गुजुल्टोपनि लक्ष्मीको कोठाबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संजयंिह थापाले जानकारी दिए ।
त्यस्तै प्रहरीले सञ्जय भन्ने खगेन्द्र खरेलको साथबाट बिभिन्न सामाग्रीहरु बरामद भएको जनाएको छ। सिमकार्ड, मोवाईल, रकम पठाएको रसिद, हिमाल सुरक्षा परिषद नेपाल केन्द्रीय कमिटीको छाप, ईन्चार्ज केन्द्रिय कमिटी हिमाल सुरक्षा परिषद नेपाल लेखिएको छाप पनि प्रहरीले बरामद गरेको जनाएको छ। अध्यक्ष केन्द्रीय कमिटी हिमाल सुरक्षा परिषद नेपाल लेखिएको छाप, पेनड्राईभ र शेर जंग गुरुङको नागरिकता र पासपोर्टको प्रतिलिपी पनि प्रहरीले बरामद गरेको जनाएको छ।
प्रहरीले पक्राउ परेका खगेन्द्र हिमाल सुरक्षा परिषदको केन्द्रीय अध्यक्ष भएको पनि जनाएको छ। प्रहरीका अनुसार २०७८ माघ ९ गते झापाको बिर्तामोड स्थित पश्चिम बस स्टेंण्डमा र १३ गते झापाको दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषदका पर्चाहरु सहित बिष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद बस्तु प्रेसर कुकर राखेको घटनामा खरेलको संललग्नता रहेको र उनी मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ। २०७६ बैशाख २८ गते झापाको कन्काई पुलमा गोर्खा जनमुक्ति पाटीको नाममा ग्रेटर नेपालको माग राखी बिष्फोटक पदार्थ तथा संगठीत अपराध कसूरमा २ वर्ष ५ महिना कैद सजाय भुक्तान गरी झापा जिल्ला कारागारबाट खरेल छुटेको प्रहरी दाबी छ । उनी हिमाल सुरक्षा परिषद नेपालको केन्द्रीय अध्यक्ष भएको एसपी थापाले जानकारी दिए ।
के हो ईटहरी घटना ?
गत चैत १४ गते ईटहरीमा डेरा कोठामा बम विष्फोट भई दुई जना घाईते भएका थिए । घटनाको बारेमा जनकारी पाए लगत्तै ईप्रका ईटहरीबाट डिएसपी खगेन्द्र बहादुर खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थलमा गएको थियो । लक्ष्मी थापाको कोठामा उनका छोरा रविन थापा र शेरजंग गुरुङ घाईते अवस्थामा फेला पारेको थियो । घटनास्थलमा घाईते भएका दुबैजनालाई तत्काल उपचारमा पठाईएको प्रहरीले डिएसपी खड्काले बताए घटनापछि १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरीको टोली अनुसन्धानमा खटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा (ठकुरी) लाई चैत १७ गते पक्राउ गरेको थियो । उनका छोरा रविन थापालाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको र घटनामा संलग्न नाइके घटनाका मुख्य योजनाकार भनिएका खगेन्द्र खरेललाई नेपाल भारत सिमाना काकडभित्तावाट पक्राउ गरिएको प्रहरीको दाबी छ । शेरजंग गुरुङ्गलाई उपचार पश्चात आजै नियन्त्रणमा लिई सुनसरी जिल्ला अदालतबाट बम बिष्फोटन र संगठित अपराध मुद्दामा म्यादथप गरि अनुसन्धान भईरहेको एसपी थापाले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्