०८ बैशाख २०८१, शनिबार

सरकार ! ‘पपजी र फ्रि फायर बन्द गरियोस्’

संवाददाता

प्रदेश सभामा बोल्दै प्रदेशसभा सदस्य सुनिता कुमारी चौधरी

विराटनगर । प्रदेश सभामा सांसदले कोभिड खोपको ब्यवस्थापनसँगै अनलाईन खेलहरु बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य सुनिता कुमारी चौधरीले पपजी र फ्रिफायर जस्ता अनलाईन खेल बन्द गर्न सरकारलाई आग्रह गरिन् । बिद्यालय बन्द रहेको अबस्थामा बालबालिका एकोहोरो बनाउन काम यस्ता खेलले गरेको कारण सरकारले बन्ज्द गर्नु पर्ने माग राखिन् । ‘पपजी तथा फ्रिफायर जस्ता खेलले युवालाई एकोहोरो बनाउने काम गरेको छ, उनले भनिन्, बेरोजगार युवालाई रोगारीको अबसर सिर्जना गरेर रोजगार बनाईनु प¥यो् ।’ उनले त्रियुगा नगरपालिका ६ की त्रिसला चौधरीको चुरे जंगलमा क्षत बिक्षत अबस्थामा भेटिएको घटनाको बारेमा जानकारी दिँदै यसको सत्यतथ्य छानविन गरी दोषीलाई कार्वाही गर्न आग्रह गरिन् ।
प्रदेशसभा सदस्य खिनु लङ्ग्वा लिम्बुले सरकारले नागरिकको लागि खोपको ब्यवस्थापन गर्न नसकेको बताईन् । उनले उत्पादनशिल जनशक्तिलाई प्राथमिकतामा राखेर खोप दिने ब्यवस्था मिलाउन आग्रह गरिन् । ‘अहिले विश्वबिद्यालय तथा बिद्यालयहरु बन्द छ, उनले भनिन्, हरेक १५ दिनको तालिमकामा खोपको ब्यवस्थापन गरियोस् ।’ खोप ब्यवस्थापन गर्नका लागि परीक्षणमा सफल भएको, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप अनुदानको भन्दा खरिद गरेर ब्यवस्थापन गर्न उनले आग्रह गरिन् । १ लाख ५० हजार खोप प्रदेश १ मा कमी आएको अबस्थामा संघीय सरकारसँग माग गर्न प्रदेश सरकारलाई सुझाव दिईन् ।
बिशेष समयमा कांग्रेस
प्रदेश सभाको बुधबारको बैठकमा बिशेष समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले साबिकको सिसवनी बडहरा गाबिस हालको बुढिगंगा गाउँपालिका ६का शिवनारायण माझीले सकुम्वासी आयोगबाट धनीपुर्जा पाएपनि जग्गा नपाएको बताए । ‘ शिवनारायण माझी एकजना ब्यक्ति जसलाई धनीपुर्जा दिईयो तर जग्गा दिईएन, कार्कीको प्रश्न थियो, लालपुर्जा भएर पनि जग्गा नपाएका ब्यक्तिहरु कति छन् त्यो थाहा छ ?’ सिसवनी बडहराका करिब ४ सय मानिसले पुर्जा पाएर पनि जग्गा नपाएको प्रमुख सचेतक कार्कीको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्