१३ बैशाख २०८१, बिहिबार

एक्लै जित्ने दम्भले गठबन्धनको बिरोध नगर्न कांग्रेसलाई नेपालको चेतावनी

संवाददाता

विराटनगर । नेकपा एकृकित समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबाट केही ब्यक्तिहरु तर्सिएको बताएका छन् । बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले नेपाली कांग्रेस एक्लैले चुनाव जितेर देखाउन चुनौती दिए । कांग्रेस दुई धारमा देखिएको उल्लेख गरेका अध्यक्ष नेपालले गठबन्धन हुनु हुँदैन भन्ने कांग्रेसी नेतालाई एक्लै लडेर चुनाव जितेर देखाउन आग्रह गरे । ‘गठबन्धनको विषयमा कांग्रेसभित्र दुई धार देखिएको छ, उनले भने, गठबन्धनको विपक्षमा रहेका कांग्रेसी साथीहरुलाई चुनाव जितेर देखाउन आग्रह गर्छु ।’
विगतका दिनमा राम्रो मान्छेले पनि हारेकोले यो पटकको निर्वाचनमा राम्रा मान्छे ल्याउनको लागि पनि गठबन्धन गर्नु परेको बताए । एक्लै जित्ने दम्भमा गठबन्धनको विरोध नगर्न उनले आग्रह गरे । गठबन्धन गर्नु हुँदैन भन्ने कांग्रेस नेताहरु प्रति लक्षित देखिएका अध्यक्ष नेपालले गठबन्धनको बिरोध गर्नुको अर्थ नभएको बताए । एमालेलाई हराउनको लागि पनि गठबन्धन चाहिएको उनको भनाई छ । अध्यक्ष नेपालले देश, लोकतन्त्र र संविधानका निम्ति ओली घाँडो भएको उनले आरोप लगाए । अध्यक्ष नेपालले ओलीलाई वामपन्थीको खास्टो ओढेर अधिनायकवादका रूपमा देखिएकोले स्थानीय चुनावबाट परास्त गर्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्