१३ बैशाख २०८१, बिहिबार

कांग्रेसले विराटनगरद्वारा महानगरमा चुनावी तालमेल नगर्ने निर्णय

संवाददाता

विराटनगर । केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने निर्णय भएपनि कतिपय स्थानीय तहहरुले गठबन्धन र तालमेल नमान्ने प्रतिक्रिया जनाउन थालेका छन् । नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीको दवावका बिच चुनाबी तालमेलमा जाने निर्णय गरेको केन्द्रीय गठबन्धनलाई पालिका स्तरबाट चुनौती बढ्न थालेको हो । नेपाली काँग्रेस विराटनगर महानगर समितिले निर्णय नै गरेर चुनावमा जान गठबन्धन अबस्यक नभएको निर्णय गरेको छ। बुधबार बसेको विराटनगर महानगर कमिटिको बैठकले विराटनगर महानगरपालिका भित्र कुनै पनि दलसँग चुनावी गठबन्धन गर्नु पर्ने आबश्यकता कांग्रेसलाई नभएको निश्कर्ष निकालेको नगर सभापति दिपक चापागाईँले बताए ।
नगर सभापति चापागाईको सभापतित्वमा बसेको बैठकले गठबन्धन अस्वीकार गरेर जाने निर्णय गरेको हो । बैठकमा विराटनगर महानगर समिति सहित महानगरपालिका भित्रका १९ वटै वडा सभापतिसहितको बैठकले गठबन्धनलाई स्वीकार गरेर जान सक्ने अबस्था बिराटनगरमा नभएको सभापति चापागाईले बताए । ‘हामीलाई अहिलेसम्म कुनै पनि आधिकारिक निर्णय पनि पार्टीबाट नआएको छैन, उनले भने, बिराटनगरमा हामी आफैँ सक्षम रहेको अबस्थामा चुनावी तालमेलल गरेर जानु पर्छ भन्ने नभएकोले हामीले चुनावी गठबन्धन नमान्ने निर्णय गरेका हौँ ।’
विराटनगरमा चुनावी गठबन्धन नै नचाहिएको अबस्थामा कुनैपनि कार्यकर्तालाई र मतदातालाई कांग्रेस बाहेकको चुनाव चिन्हमा हाल्न आग्रह गर्न नसकिने निर्णय पनि गरेको चापागाईले जानकारी दिए । नेपाली कांग्रेसले अहिले वडा तहकाट उम्मेदवारको नाम छनौटको लागि छलफलमा रहेको छ। कांग्रेसले आगामी बैशाख १ गतेसम्म सबै उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्