१६ चैत्र २०८०, शुक्रबार

विराटनगरका ब्यवसायी भन्छन् ‘विचार गर्नुस् चुनाव नजिकिँदै छ’

संवाददाता

विराटनगर । काठमाडौँपछिको दोश्रो सहर बिराटनगरलाई पाँचौँ स्थानमा पु¥याउने काम दलहरुले गरेकोले चुनावमा हिसाव किताव गरिने ब्यवसायीले बताएका छन् । विराटनगरमा १० दिनसम्म चलेको विराट ट्रेड एक्स्पोको समापन समारोहमा बोल्दै ब्यवसायीहरुले विराटनगर आजभन्दा करिब ३० बर्ष पहिला कै अबस्थामा रहेकोले विकासमा कुनै गति नलिएकोमा गुनासो गरे । मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजालले बिभिन्न ब्यक्तिहरुको स्वार्थका कारण विराटनगरमा प्रदर्शनी स्थल बनाउन नसक्ने अबस्थाको सिर्जना गरिएको आरोप लर्गा । ‘विराटनगर काठमाडौं पछिको दोस्रो तहको विराटनगरलाई छैठौं नम्बरमा पुर्याउने को जिम्मेवार हो ??, रिजालले प्रश्न गरे, राजनिती दल र ब्युरोक्रेसी नै हो भन्ने हाम्रो बुझाई छ ।’
राजनीतिक दल र सरकारप्रति केही रुष्ट देखिएका रिजालले विराटनगरले चाहेको जस्तो विकास हुन नसक्नुलाई दल, सरकार नै दोषी भएको बताए । ‘चुनावका मुखमा हामी चुपलागेर बस्दैनौ, उनले भने, ३० बर्षदेखिको अबस्थमा उस्तै हुनुको कारण के हो, यसको दोषी को हो हामीलाई जवाफ चाहिन्छ ।’
नेपालमा तेस्रो पुस्ताले व्यवसायमा लगानी गर्न नचाहेको र लगानी गर्ने अबस्था नै नभएको रिजालको भनाई छ। ‘अहिले लगानी हुन नसक्दाको असर १० बर्ष पछि देखिने छ, उनले भने, अहिले सरकारले सामान्य रुपमा लिएको होला, यसको असर केही बर्षमै देखिने छ।’ आर्थिक तरललताको मारमा ब्यवसायी परेको गुनासो गर्दे उनले तरलता अभाब, एलसि खोल्न नपाएकोले ब्यवसायी आक्रान्त भएको बताए । आर्थिक अबस्थालाई सहज समाधानका लागि ब्यवसायीसँग निरन्तर छलफल गर्न र योजना कार्यान्वायनमा लग्न उनले आग्रह गरे ।
उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भिम घिमिरेले प्रदर्शनी स्थल बनाउनको लागि यस अघि भएका समझदारीमा बन्ने भनिएको काम पनि शुरु हुन नसकेको गुनासो गरे । निजि क्षेत्रको नेतृत्वमा प्रदर्शनी स्थल बनाउन सवा २ बिगाहा जग्गामा पिपिपि मोडलमा काम गर्ने भनिएको र काम अघि बढेको भएपनि विभिन्न कारणबाट रोकिएको बताए । अहिले देशमा कृत्रिम तरलताको अभाव सिर्जना काम भएको घिमिरेले आरोप लगाए । सरकार सचेत भएमा केही महिनामा नै यो समस्या समाधान भएर जानेमा ब्यवसायी ढुक्क भएको बताए ।
उद्योगी तथा ब्यवसायी ताराचन्द खेतानले देशको अर्थ ब्यबस्था कमजोर पार्ने काम जानिजानी सिर्जना गरिएको आरोप लगाए । अहिलेको समस्या समाधानमासबै सकारात्मक भएर लाग्न सरकारले भुमिका खेल्नु पर्नेमा सरकारको भुमिका नदेखिएको उनको भनाई छ ।
उद्योग संगगठन मोरङका अध्यक्ष सुयेश प्यकुरेलले देश आर्थिक संकटमा रूमल्लिएको बताए । सबै समन्वयकारी निकाय एक ठाउमा उभिएर समस्या समाधान गर्नु पर्नेमा विवाद सिर्जना गरेको उनको भनाई छ। ‘अहिले जति ससमस्याहरु भएका छन् नेताहरूबाट भएको छ, उनले भने, बोल्ने एउटा गर्ने अर्काे काम भएको छ ।’ ठुलो लगानी गरेर केही गर्न खोजिरहेका ब्यवसायीहरुको लागि प्रदर्शनी स्थलको ब्यवस्थापन सरकारले गरिदिनु पर्नेमा जोड दिए । ‘सरकारले सहयोग गर्ने भनिएको थियो अहिलेसम्म काम अघि बढेको छैन, उनले भने, ब्यवसायीले गर्न खोज्दा सरकारले किन रोक्नु हुँदैन, सरकारले गर्न सक्दैन भने हुँदैन भने हुन्छ, हामी ब्यवसायीले ब्यबस्थापन गर्छाैँ ।’ १० दिनसम्म चलेको मेलामा करिब २ लाख ५० हजार दर्शकले अबलोकन गरेको आयोजकको दाबी छ । कति कारोबार भयो सार्बजनिक गरिएको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्