१५ चैत्र २०८०, बिहिबार

हास्य कलाकार ‘बखते’को भेन्टिलेटरमा राखेर उपचार हुँदै

Click Biratnagar

कलाकार शम्भुराज थापा ‘बखते’

काठमाडौँ । कोरोना सङ्क्रमण भएका कलाकार शम्भुराज थापा ‘बखते’को ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । थापाको स्वास्थ्यमा जटिलता देखिएपछि मङ्गलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

१० दिनअघि अस्पताल भर्ना भएका थापाको मङ्गलबार दिउँसोसम्म अवस्था सामान्य रहेको थियो । साँझ अचानक उनको श्वासप्रश्वासमा समस्या देखिएकाले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको हो ।

कलाकार थापा पछिल्लो समय सिरियल हल्का रमाइलो  र गोलमालमा देखिँदै आएका छन् । यसअघि थापाले भद्रगोल, मेरी बास्सैलगायत थुप्रै सिरियल तथा चलचित्रमा अभिनय गरेका छन् । उनी दर्शकमाझ ‘बखते’ नामले परिचित छन् ।

यहाँ कमेन्ट गर्नुहोस्