११ बैशाख २०८१, मंगलबार

चट्याङ लागेर एकजनाको मृत्यु

संवाददाता

झापा । झापाको गौरादह नगरपालिका–५ मा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका–५ कि ४० बर्षीया मनमाया थापा रहेकी छन । आज दिउँसो घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसंगै परेको चट्याङ लागेर घाईते भएकी थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्