१२ बैशाख २०८१, बुधबार

प्रदेश १ मा ७७ प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान

संवाददाता

विराटनगर । प्रदेश १ मा ७७ पदोन्नती भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा एक कार्यक्रमको आयोजना गरि पदोन्नति भएका प्रहरी कार्यचारीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो । प्रहरी प्रधान कार्यालयमा  विभिन्न मितिको पत्रले प्रहरी बरिष्ठ नायब निरीक्षक, प्रहरी बरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका ७७ जना प्रहरी कर्मचारीहरुलाई दज्र्यानी चिन्ह प्रदा नगरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रदेश १ का प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नति भएका सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना प्रदान गर्दै प्रहरी नायब महानिरीक्षक बिसीले पदोन्नतिले थप जिम्मेवारी बढेकोले जिम्मेवार पूर्बक काम गर्न निर्देशन दिए । कार्यक्रममा प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्