१६ चैत्र २०८०, शुक्रबार

बिराटनगर एयरपोर्ट रोडको रेष्टुरेन्ट ह्यासट्याग तेस्रो बर्षमा

सुभाष भण्डारी

विराटनगर । बिराटनगरको  रेष्टुरेन्ट ह्यासट्याग तेस्रो बर्षमा प्रवेश गरेको छ। बिराटनगरको एयरपोर्ट लाइनमा रहेको प्रदेश १ कै चर्चित रेष्टुरेन्ट ह्यासट्याग तेस्रो बर्षमा प्रबेश गरेको हो । स्थापनाको छोटो अवधि मै युवा तथा बयस्क माझ चर्चित बनेको यस रेष्टुरेन्टले आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ। युवाहरुद्धारा सञ्चालित यस रेष्टुरेन्टका कार्यरत कर्मचारी तथा सञ्चालक ३० बर्ष भन्दा कम उमेरका छन् । रेष्टुरेन्टले दिएको प्रभावकारी सेवाका कारण दैनिक ग्राहकको घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन् । तामा चिकेन र हण्डि बिर्यानी ग्राहकको रोजाईमा पर्ने गरेको सञ्चालकको भनाई । ह्यास ट्यागका कार्यकारी संचालक अभिनास थापाले ग्राहकको चाहना अनुसारको सेवा दिएको कारण ग्राहको संख्या अत्याधिक रहेको बताए । तेश्रो बर्ष प्रबेशको अवसरमा रेष्टुरेन्टले हरेक हप्ता सातामा ३ दिन साङ्गितिक कार्यक्रम गरिने जानकारी दिए ।
रेष्टुरेन्टमा बुधबार महिलाहरुलाई लक्षित गरि लेडिज नाइट्का रुपमा विभिन्न साङ्गितिक ब्यान्ड ल्याएर मनोरञ्जन प्रदान गरिने थापाले जानकारी दिए। शुक्रवार र शनिवार सबैका लागि ब्याण्ड्का माध्यमबाट मनोरञ्जन दिईने संचालकको दाबी छ। ग्राहकको बढ्दो रोजाइ र प्रदेश १ को राजधानी समेत भएका कारण बिराटनगरमा ह्यासट्यागलाई एउटा ब्रान्डका रुपमा स्थापित गर्दै चाडै नै नयाँ स्वरुपका साथ ग्राहक माझ प्रस्तुत हुने संचालक मध्येका एक पवन जैसवालले जानकारी दिए ।
यहि २९ गते तेस्रो बर्षमा प्रवेश गरेको ह्यासट्याग रेस्टुरेन्टले द स्मृति ब्याण्डको साथमा मनोरञ्जन गर्ने ब्यबस्था मिलाएको जनाएको छ। स्थापनाको तेस्रो बर्ष पुगेको उपलक्ष्यमा सम्पुर्ण सेवामा १५ प्रतिशत छुटको ब्यबस्था गरेको ह्यासट्यागका ब्यबस्थापक मिलाप कर्णले जानकारी दिए । स्थापनाको छोटो अवधिमा स्वादका पारखीका लागि उत्कृष्ट बन्दै गएको रेष्टुरेन्टलाई आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाईने ह्यासट्यागका कार्यकारी संचालक थापा बताउँछन् । पछिल्ल्लो समय एयरपोर्ट रोडमा युवाहरुको आकर्षण बढेको छ। यहाँ सन्ध्याकालिन बिभिन्न कार्यक्रमहरु हुँदै आएको छ। एयरपोर्ट रोडलाई नमुना र पर्यटकीय र साँझको समय घुम्न योग्य बनाउनको लागि महानगरपालिकाले काम थालेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्