१५ बैशाख २०८१, शनिबार

धरान र ईटहरीमा एमालेका यस्ता आकांक्षी

संवाददाता

विराटनगर । प्रदेश १ का दुई उपमहानगरमा एमालेबाट प्रमुख र उपप्रमुखमा समान आकांक्षी देखिएका छन् । इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले ६ जना र उपप्रमुखका लागि ९ जनाको नाम एमालेले सिफरिस गरेको छ । आइतबार बसेको एमाले नगर कमिटी सचिवालय बैठकले बहालवाला मेयर द्वारिकलाल चौधरीको नामपनि सिफरिस गरेको हो । त्यस्तै मेयरको आकांक्षीमा उपमेयर लक्ष्मी गौतम पनि छिन् । त्यसैगरि एमाले उपमहानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं, इटहरी उपमहानगरका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरीले पनि मेयरमा दाबी प्रस्तुत गरेका छन् ।
ईटहरीमा मेयरमा भन्दा उपमेय।मा दाबी प्रस्तुत गर्नेको संख्या धेरै रहेको छ। उपमेयरमा ९ जनाको नाम सिफारिस भएको नेकपा एमालेले जनाएको छ। अम्बिका चौधरी,बिष्णु शर्मा (नेपाल),अमला श्रेष्ठ,अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस भएको छ ।
धरानमा ११ मेयरका आकांक्षी
ईटहरीमा जस्तै धरानमा पनि आकांंक्षी धेरै देखिएका छन् । नेकपा एमालेको उपमहानगर कमिटिले मेयरको लागि ११ जनाको नाम सिफारिस गरको हो । सिफारिस हुनेहरुमा हालकी उपमेयर मञ्जु भण्डारी र पूर्वमेयर मनोजकुमार मेन्याङ्बोलाई प्रथमिकतामा राखिएको छ। नेताहरुका अनुसार उनीहरु दुईमध्ये एक जनाले टिकट पाउने संभावना धेरै छ । १ केन्द्रीय सदस्य, ७ जना प्रदेश समिति सदस्य, ३ जना जिल्ला सदस्य तथा १ जना पूर्वजिल्ला सदस्यको नाम मेयरको लागि सिफारिस भएको नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङकाले जानकारी दिए । प्रदेश सदस्यहरु विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई र किशोरकुमार कार्की, जिल्ला सदस्यहरू मिन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला र पूर्वजिल्ला समिति सदस्य तिर्थ मास्केको नाम सिफारिस भएको हो ।
एमाले धरान नगरसमितिले उपमेयरका लागि पनि ६ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदेश समिति सदस्य शुसिला पहाडी, लहरु जिमी, जिल्ला सदस्यहरू पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्