०७ बैशाख २०८१, शुक्रबार

गठबन्धनको नाममा महिलाको अधिकार कुण्ठित नगर : तुम्बाहाम्फे

संवाददाता

 विराटनगर । पछिल्लो समय गठबन्धनका नाममा प्रमुख पदहरुमा महिलाले टिकट नै नपाउने हुन् की भन्ने आशंकाहरु बढ्दै गएका छन् । यस अघिको निर्वाचनमा गठबन्धन भएका ठाउँहरुमा प्रमुख उपप्रमुख नै पुरुष आएकोले यो पटकको निर्वाचनमा गठबन्धन भित्र त्यस्तै अबस्था आउनसक्नेमा आशंका ब्यक्त भएको हो । यदि दलहरुले महिलालाई प्रमुख पदमा नल्याए संबिधानले निर्दिष्ट गरेको महिलाको अधिकार कुण्ठित हुने महिलाको क्षेत्रमा आवाज उठाउँदै आएका राजनीतिज्ञहरुले बताउँदै आएका छन् ।

निर्वाचन आयोगले अघिल्लो स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत महिलाको सहभागीता रहेकोमा यस पटकको स्थानीय तह निर्वाचनमा करिब ४५ प्रतिशत महिलाको उपस्थिती सुनिश्चितता गर्ने भनिरहेको छ । तर गठबन्धनको नाममा महिला प्रमुख वा उपप्रमुखमा आउने अबस्थाबाट बिमुख हुनसक्नेमा आशंका ब्यक्त गरेका हुन् । एमाले स्थायी कमिटी सदस्य डा.शिवमाया तुम्बाहाम्फेले चुनावी तालमेलका नाममा महिलालाई संबिधानले ब्यवस्था गरेको अभिकारलाई कुण्ठित गर्न खोजेको बताईन् । उनले गठबन्धन वा बिभिन्न नाममा महिलाको नाममा महिलाको अधिकार कुण्ठित नगर्न आग्रह गरिन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा पुरुषै पुरुष उम्मेदवार उठाउन सक्ने सम्भावना बढेको भन्दै महिलाको अधिकारलाई कुण्ठित नगर्न आग्रह गरिन् ।

पत्रकार सम्मेलन डा. तुम्वहाम्फेले संविधानको धारा ३८ (४) मा राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने ब्यवस्था गरिएकोले त्यो अधिकारबाट महिलालाई बिमुख गराउन नहुनेमा जोड दिईन् । संबिधानमा ब्यवस्था भएको र राजनीतिक दल सम्बन्धि ऐनमा पनि महिलाको हक सुनिश्चित भएकोले गठबन्धनका नाममा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने कुराबाट नरोक्न आग्रह गरिने । पूर्ब कानुनमन्त्री समेत रहेकी तुम्बाहाम्फेले चुनावी तालमेल गरेर गएपनि एक दलले प्रमुखमा पुरुष उठाउँदा अर्को दलले उपप्रमुखमा महिलालाई उम्मेदवार ,उठाउनु पर्ने ब्यवस्था राजनीतिक दल सम्बन्धि ऐनमा रहेकोले ऐनमा भएको ब्यवस्था कार्यान्वायन गर्न उनले आग्रह गरिन् । महिलालाई बिमुख गर्ने खालका कार्य गर्न नहुने भन्दै गठबन्धन दल भित्रका महिलाले पनि कुरा उठाउँदै आएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्