१४ बैशाख २०८१, शुक्रबार

दुहबीको मेयरमा .एमालेबाट बिनय पोखरेलको नाम सर्बसम्मत सिफारिस

संवाददाता

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट बिनय पोखरेलको नाम सर्बसम्मत टुंगोलागेको छ। नेकपा एमाले दुहबी नगर कमिटिले एमालेबाट नगरपालिकाको मेयरमा पोखरेलको नाम सर्बसम्मत सिफारिस गरेको हो । पोखरेल यस अघि पनि मेयरका उम्मेदवार थिए । बिजय गच्छदारको क्षेत्र भनेर चिनिएको दुहबीमा २०७४ सालको निर्वाचनमा कांग्रेसका बेद गच्छदारले चुनाव जितेका थिए । त्यो बेला गच्छदार फोरम लोकतान्त्रीकबाट बिजयी भएका हुन् । सरल स्वाभाबका कारण सबैको मन जित्ने उनै एक मात्र उम्मेदवार रहेको कारण पनि उनलाई सर्बसम्मत उम्मेदवार बनाईएको एमाले नगर कमिटिले जनाएको छ। जित्नको लागि उम्मेदवार बनाउनु पर्नेभएकोले सबैले रोजेको ब्यक्तिलाई उम्मेदवार भएको जनाईएको छ।

यहाँ कमेन्ट गर्नुहोस्