१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा पर्किङको मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ

संवाददाता

विराटनगर ।  विराटनगरमा मोटरसाईकल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ९ मा पार्किङ गरेको को २० प ५०१० नम्बरको मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्रउ पर्नेमा विराटनगर महानगरपालिका १२ बस्ने वर्ष २६ को राजकुमार कामत र वर्ष २० को प्रबिन मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । चोरीको मोटरसाईकल सहित पक्राउ परेका उनीहरुलाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ४ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्