१६ चैत्र २०८०, शुक्रबार

विराटनगरको मेयरमा महानगरबाट सिफारिस नभएका पूर्ब मन्त्री घिमिरेको नाम प्रदेशले थप्यो

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरकोलागि स्थानीय तह बिराटनगर महानगरपालिकाबाट पाँच जजनाको मात्र नाम सिफारिस भएको थियो । ५ जनामा जीवन घिमिरेको नाम थिएन ।  पुर्ब मन्त्री घिमिरे बाहेक महानगरको मेयरमा नगर कमिटीबाटै सिफारिस भएर आएका केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, पर्शुराम बस्नेत र महेश भट्टराई र महानगरका अध्यक्ष सागर थापाको नाम सिफारिस भएको थियो । विराटनगर महानगरपालिकाबाट प्रदेश समितिमा पुगेको नामलाई नेकपा एमाले प्रदेश कमिटिले थप गरेर केन्द्रीय कमिटिमा पठाएको हो । प्रदेश १ कमिटीले विराटनगर महानगरपालिकासहित इटहरी र धरान उपमहानगरका आकाक्षी मेयर र उपमेयरहरूको नाम सिफारिस गरेको छ । विराटनगरमा बसेको प्रदेश कमिटीका पदाधिकारीसहित उपलब्ध स्थायी कमिटी सदस्यसहितको बैठकले विराटनगरको मेयरमा टिप्पाणी सहित जीवन घिमिरको पनि नाम सिफारीस गरेको हो । उपमेयरका लागि शिल्पा कार्की, विमला दाहाल घिमिरे र अन्जु उपाध्याय (शिवा)को नाम सिफारिस गरेको नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका सचिव चिन्तन पाठकले जानकारी दिए । महानगरपालिकाको मेयर र उपमेयर टुंगो लगाउन प्रदेश कमिटीलाई नाम सिफारिस गर्ने र केन्द्रीय कमिटीले निर्णय गर्ने ब्यवस्था रहेकोले आएका नामहरुमा छलफल हुने सचिवव पाठकले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्