०६ बैशाख २०८१, बिहिबार

विराटनगर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले दिए राजिनामा

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले पदबाट राजिनामा दिएका छन् । २०७४ साल असार १४ गतेको निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएका न्यौपानेले निर्वाचित भएका थिए । आगामी निर्वाचनमा उम्मेदवारी दिन वडा पार्टी कमिटीले सर्वसम्मत नाम सिफारिस पठाएका कारण वडाअध्यक्ष पदबाट राजिनामा दिएको उनले जानकारी दिए । नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका न्यौपाने पारदर्शी वडा अध्यक्षको रुपमा आफ्नो छबी बनाएका छन् । त्यही छबिलाई कायम राख्नका लागि पुन उम्मेदवार बनाउने पार्टीको निर्णयलाई आफुले स्वीकार गर्दै अध्यक्ष पदबाट राजिनामा दिएर उनी चुनावी मैदानमा होमिएका हुन् । पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका न्यौपानेले अरु वडाअध्यक्षहरुले मोटरसाईकल, दशै भत्ता लगायतको सेवा सुबिधा लिँदा उनले फिर्ता गरेका थिए । सेवा सुबिधा नै फिर्ता गरेपछि उनको चर्चा थप चुलिएको थियो । वडामा जेष्ठ नागरिककोलागि मुख्य काम गरेका उनलाई सबै जेष्ठ नागरिकले असल नेतृत्वको रुपमा लिने गरेका छन् ।
उनले वडा अध्यक्ष पदबाट राजिनामा दिएसँगै ५बर्षे कार्यकालमा सलग्न पार्टी नेकपा एमाले लगायत विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता, वडावासी , सिङ्गो महानगर परिवार, वडा कार्यलय परिवारले देखाएको माया स्नेहका र सहयोग प्रति आभार ब्यक्त गरेका छन् । उनले कामको शिलशिलामा कसैको मन दुःखेको भएमा क्षमा पनि मागेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्