०८ बैशाख २०८१, शनिबार

यी हुन् मोरङका टुङ्गो लागेका १६ पालिकाका प्रमुख र उपप्रमुख

संवाददाता

विराटनगर । विराटनर महानगरपालिका र बेलवारी नगरपालिका मध्ये १६ वटा पालिकामा एमालेले उम्मेदवार टुंगो लगाएको छ। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मोरङका १७ मध्ये १६ वटा पालिकामा उम्मेद्वार टुङ्गो लगाएको हो । नेकपा एमाले जिल्ला समितिका अनुसार मोरङको मिक्लाजुङमा अध्यक्ष नरेन्द्रप्रसाद ढुङ्गेल र उपाध्यक्षमा निर्मला राई उम्मदवार हुने भएका छन् । उर्लाबारी नगरपालिकाको प्रमुखमा गंगा खरेल र उपप्रमुखमा मीना पौडेल, रतुवामाई नगरपालिकाको प्रमुखको उम्मेदवार दुर्गा बिष्टलाई बनाईएको छ भने उपप्रमुखमा दयन्ता चुँडाल बनाईने भएको छ। सुनवर्षी नगरपालिकाको प्रमुखमा श्याम राजवंशी र मिरा दास उपप्रमुखको उम्मेदवार बन्ने भएका छन् । पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा मोहन तुम्वापो र उपप्रमुखमा देवीमाया काफ्ले उम्मेदवार बनाईएको नेकपा एमालेले जनाएको छ।

नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार कानेपोखरीको अध्यक्षमा राजमती ईङ्नाम र उपप्रमुखमा भोला अधिकारीलाई उम्मेदवार बनाईएको छ । यस्तै लेटाङको प्रमुखमा भुपेन्द्र लावती र उपप्रमुखमा कृष्णकुमारी निरौलाले टिकट पाएका छन् । केराबारी गाउँपालिकाको अध्यक्षको सुमन मिरिङ्चिङ र उपाध्यक्षको उम्मेदवार मनमाया मगर छन् । सुन्दरहरैचाको प्रमुखमा केदार गुरागाँई र उपप्रमुखमा अकली चौधरी, ग्रामथानमा शिवनारायण माझी र गुणावती धामी, बुढिगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा कुवंर बिष्ट उम्मेदवार भन्ने छन् ।

कटहरीमा सुवास सरदार र सीता राजवंशी अध्यक्ष र उपाध्यक्ष हुनेछन् । यस्तै जहदा गाउपालिकामा भने अध्यक्ष उपाध्यक्ष दुबै महिला उम्मेदवार बनेका छन् । अध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेन उम्मेदवार निश्चित भएको एमाले सचिव खतिवडाले जानकारी दिए । धनपालथानमा मुसहरु मण्डल र उपासीदेवी राजवंशी, रंगेलीको प्रमुखमा दिलिप बगडीया र उपप्रमुखमा भुमा पराजुली निरौलालाई उम्मेद्वार बनाएको छ । यस्तै बेलबारी नगरपालिकाको प्रमुखमा डीपी राई र ज्ञानेन्द्र सुवेदी मध्ये एक चयन हुन बाँकी रहेको छ भने उपप्रमुखमा गंगा श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । विराटनगर महानगरपालिकाको प्रमुखमा सागर थापा र उपप्रमुखमा शिल्पा कार्की उम्मेदवार हुने निश्चित रहेको एमाले मोरङले जनाएको छ। केन्द्रले निर्णय गर्ने भएकोले केन्द्रको निर्णय पर्खिएको एमाले मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्