०८ बैशाख २०८१, शनिबार

विराटनगरका घरघरमा पुग्दै थापा

संवाददाता

विराटनगर । विराटनगर, १७ नेकपा एमाले विराटनगर महानगरको मेयरका उमेदवार सागर थापा घरघरमा पुग्ने अभियानमा छन् । आगामी २३ गतेसम्म घर दैलो कार्यक्रम राखिएको नेकपा एमाले महानगर कमिटीले जनाएको छ । उमेदवार थापाले घरघरमा पुग्दा नगरबासीबाट उत्साहजनक सद्भाव रहेको बताए । उनीसँगसँगै उपमेयरकी उमेदवार शिल्पा निरौला कार्की पनि घरदैलो अभियानमा छिन् । घरदैलो कार्यक्रममा मेयरका उमेदवार थापा तथा उपमेयरकी उमेदवार कार्कीले आफूहरु विराटनगरको विकासमा प्रतिबद्ध रहने र नगरको सेवालाई चुस्तदूरुस्त बनाउदै नागरिक मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

आज विराटनगरको ५ र २ नम्बर वडामा घर दैलो कार्यक्रम भएको छ । घर दैलो कार्यक्रममा एमालेका नेता विनोद ढकालदेखि पूर्वमन्त्री मोति दूगडपनि सहभागी थिए ।
घरदैलो कार्यक्रममा जेष्ठ नागरिकबाट आर्शिवाद लिने तथा विकासका लागि सल्लाह सुझाव समेत संकलन गर्दै आएको उपमेयरकी उमेदवार शिल्पा कार्कीले बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्