१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा टेम्पो र सिटी चोरीमा संलग्न तीनजना पक्राउ

संवाददाता

विराटनगर । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–६ बाट टेम्पो र अटो चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिराटनगर–८ का २२ बर्षीय मोहमद जुमन, बिराटनगर–११ का ३४ बर्षीय मोहमद अन्सारुल र बिराटनगर–१२ का २२ बर्षीय पवन रविदास रहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी को.२ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीको दाबी छ।
अनुसन्धानको क्रममा वि.न. १ ह ००९३ नम्वर र को. १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत उनिहरुले चोरी गरेको प्रहरीेले जनाएको छ। प्रहरीले सिटी सफारी समेत बरामद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्