१४ बैशाख २०८१, शुक्रबार

बुढीगंगामा एमालेको घरदैलो तिब्र, पार्टी कार्यालय उद्घाटनदेखि वडा भेलासम्म

संवाददाता

विराटनगर । नेकपा एमालेले बुढीगंगा गाउँपालिकाका सबै वडामा घरदैलोलाई ब्यापक बनाएको छ। ७ वटा वडा रहेको बुढिगंगा गाउँपालिकाका सबै वडामा घरदैलो शुरु भएको छ । गाउँपालिकाको अध्यक्षका प्रत्याशी एमालेका उम्मेदवार बलभद्र सरदारले गाउँपालिकाको वडा ६ र ७ को सबै घरहरुमा पुगेर मतदातासँग भेट्ने र आफ्ना एजेण्डा राख्ने काम गरेको बताए । ‘दुबै वडामा घरदैलो सकिएको छ, उनले भने, शनिबारदेखि हामी वडा नमबर १ मा केन्द्रित भएका छौँ ।’ उनले नागरिकको आशा एमाले मात्र भएकोले विकासको चाहना बोकेका मतदाता एमालेलाई बिजयी गाउन अग्रसर रहेको बताए । बुढिगंगा गाउँपालिकाको अध्यक्षमा सरदार सहित उपाध्यक्षमा तुलसी कुमारी कुवँर विष्ट सहितको टोली घरदैलोमा छ । नेकपा एमाले बुढिगंगाले आईतबार बिहान गंगाचोकमा पार्टीकार्यालय उद्घाटन गर्दैछ । भोलीको घरदैलो कार्यक्रम मिलन चोक हुँदै अघि अघि बढ्ने गरि तयारी भएको निर्वाचन परिचालन कमिटिले जनाएको छ।
यसैबिच बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा एमालेका वडा अध्यक्षका प्रत्यासी सागर बराल सहितको टोलीले घरदैलोलाई ब्यापक पारेको छ । वडा अध्यक्षका उम्मेदवार बरालले वडाका धेरै टोलहरुमा घरदौलो गरिसकेको जानकारी दिए । हामीले घरदैलो थालेको चौथो दिन भयो, उनले भने, हामी निरन्तर मतदाता भेटघाट आफ्ना कुराहरु राख्दै मतदाताको मन जित्दै अघि बढेका छौँ । उनले अब टोल भेलाहरुलाई तिब्रता दिईने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्