०८ बैशाख २०८१, शनिबार

मजदुर आन्दोलनमा विराटनगरको महत्वपूर्ण योगदान छ : मुख्यमन्त्री राई

संवाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ श्रमिक आन्दोलनले सम्झनै पर्ने महत्व बोकेको ठाउँ रहेको बताएका छन । अन्तराष्टिय श्रमिक दिवसको अबसरमा शुभकामना सन्देश दिँदै राईले नेपालको प्रजातान्त्रिक संघर्षको इतिहासमा विराटनगरले मजदुर आन्दोलनको महत्वपूर्ण योगदान रहेको बताए । ‘वि.सं. २००७ सालमा प्रदेश नं. १ को औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरहरूले प्रजातन्त्रको बिगुल फुकेका थिए, उनको शुभकामना सन्देशमा भनिएको छ, मजदुरहरूले सुरु गरेको नेपालको प्रजातान्त्रिक आन्दोलनको म यस बेला विशेष स्मरण गर्न चाहान्छु ।’ मुख्यमन्त्री राईले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा शुभकामना दिँदै सबै नेपाली श्रमिक तथा मजदुरहरूले आफ्नो हक–अधिकारको पूर्ण जीवनोपयोगी र सार्थक रुपमा प्रयोग गर्न सकून् भनेका छन् ।
मजदुर तथा श्रमजीवी वर्गको एकता, संघर्ष र बलिदानीबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनसहितको अधिकार स्थापित भएको स्मरण गर्ने गौरवमय दिनको रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाइन्छ । सन् १८८६ मे १ मा अमेरिकाको शिकागो शहरमा मजदुरहरूले अधिकार प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलन गरेका थिए । व्यापक धरपकड र दमन भएको उक्त आन्दोलनको तीन वर्षपछि सन् १९८९ मा फ्रान्समा सम्पन्न विश्वका मजदुर र रोजगारदाताहरूबीचको बैठकले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउने निर्णय गरेपश्चात् आजसम्म यो दिवस मनाउँदै आएको छ। यो बर्ष १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ ।

यहाँ कमेन्ट गर्नुहोस्