०७ बैशाख २०८१, शुक्रबार

विराटनगर २ मा ज्ञानेश्वर, यस्ता छन् प्रतिवद्धता

संवाददाता

विराटनगर । विराटनगर वडा नम्बर २ मा ज्ञानेश्वर नेपाललाई घरदैलोको घपेडी बढेको छ । जनता माझ परिचित नेपाल सबैलाई मिलाएर लैजाने उदेश्यका साथ उम्मेदवारी दिएको बताउँछन् । आफ्नो क्षमता र एजेन्डा सहित मतदातासम्म पुगेको उनको भनाई छ ।
गत चुनावमा काङ्ग्रेसको बाक्लो उपस्थिती रहेको वडा भए पनि यो वडामा कुमार पोखरेलले जितेका थिए । यसपटक भने अघिल्लो चुनावमा गुमेको शाख जोगाउने उदेश्य रहेको कांग्रेसको दाबी छ । २०५४ मा महेन्द्रमोरङ क्याम्पसबाट नेपाल बिद्यार्थीसंघको इकाइ सदस्य बन्दै राजनीतिमा होमिएका नेपाल नेपाली काङ्ग्रेसको १२ औ अधिबेशनमा वडा सदस्य भएका थिए । १३ औ अधिबेशनमा सभापति बन्न सफल रहेका उनी १४ औ महाधिवेशनमा भारी मतका साथ सभापतिमा निर्वाचित भएका थिए ।
पार्टीमा शान्त र सबैको कुरालाई सुन्ने अनि व्यबहारमा उतार्ने कार्यकौशलता भएको नेताको रुपमा उनले परिचय बनाएका छन् । आफुले चुनाव जितेमा स्वास्थ बिमा योजनालाई सबैको पहुँचमा पु¥याउने, ६÷६ महिनामा वडाले गरेका काम कारवाही प्रति सबैको सुझाव÷गुनासो लिने र सार्वजनिक सुनवाई गरेर जानकारी गराउने, वडा भित्रका गुनासो सुन्ने र २४ घण्टा भित्रमा समाधान गर्ने व्यवस्था ल्याउने, सडकमा सोलार बत्तीको ब्यबस्था गरि उज्यालो वडाको रुपमा चिनाउने , फ्री वाइफाइ जोन बनाउने योजना रहेको बताए । युवाकालागि रोजगारी, वडाको आफ्नै एम्बुलेन्स सञ्चालन, युवाका लागि विशेष प्याकेज ल्याउने जस्ता योजना आफ्नो मुख्य योजना रहेको उनी बताउछन ।
नागरिकको भावनालाई समेटेर जान वडावासीको घर दैलोमा पुग्दै गरेका उनले दुख, सुखको साझेदारीमा हातेमालो गर्दै अघि बढ्ने उनको दाबी छ ।

यहाँ कमेन्ट गर्नुहोस्