१३ बैशाख २०८१, बिहिबार

विराटनगर बसपार्कमा बन्यो सुबिधा सम्पन्न शौचालय

संवाददाता

विराटनगर बसपार्कमा निर्माण भएको शौचालय ।

विराटनगर । विराटनगर वसपार्कमा सुबिधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भएको छ। विराटनगर बसपार्क ब्यवस्थापन समितिको पहलमा शौचालय निर्माण भएको हो । २७ लाख ५३ हजारको लागतमा निर्माण भएको शौचालयको शुक्रबार बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले उद्घाटन गरे ।


विराटनगर महानगरपापलिकाले यसरी धेरै सार्बजनिक शौचालय बनाउने योजना रहेको स्पष्ट पारे । विराटनगरका मुख्य चौकहरुमा सार्बजनिक शौचालय नभएको गुनासो नागरिक स्तरबाट आउने गरेकोले योजनाबद्ध काम भईरहेको मेयर पराजुलीले बताए । शौचालयको उद्घाटनका लागि वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत पनि पुगेका थिए ।
नगर रक्षक प्रमुख राजन पौडेल, पत्रकार यज्ञ शर्मा, राजेन्द्र ढकाल, टोल विकासका पूर्व अध्यक्ष खगेन्द्र निरौला, जेष्ठ नागरिक प्रदेश समितिका सचिव यज्ञेश्वर निरौलाको उपस्थिती थियो । मजदुर संघका वावुराम कट्टेल, स्वत्रन्त्र मजदुर संघका भीम अधिकारी, टोल विकास संस्थाका पदाधिकारी सहित यातायात व्यावसायी, मजदुरहरूको उपस्थिति थियो ।

बसपार्क बनेको दुई बर्ष भन्दा बढी भईसकेको अबस्थामा शौचालय बनेको थिएन । बसपार्कको नयाँ टर्मिनल भवन भित्र कार्यालयको प्रयोजनको लागि शौचालन निर्माण भएपनि नागरिकले खुल्ला ठाउँमा शौच गर्नु पर्ने बाध्यता थियो । नागरिकको बाध्यतालाई मध्यनजर राख्दै महानगरपालिकाको सहयोगमा वसपार्क ब्यवस्थापन समिति, सार्बैजनिक शौचालय उपभोक्ता समितिका सचिव उत्तमबहादुर चौलागाईले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्