१४ बैशाख २०८१, शुक्रबार

बुढीगंगा ४ का मतदाताको चाहना युवा नेतृत्व, यस्ता छन् प्रतिवद्धता

वडा भित्रका उद्योगमा स्थानीयलाई रोजगारी दिने ब्यवस्था मिलाउने

संवाददाता

विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्ना एजेण्डा सहित चुनावी मैदानमा छन् । ७ वटा वडा रहेको बुढीगंगा गाउँपालिकामा अहिले एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु आफ्ना चुनावी नाराका साथ अघि बढेका छन् । बुढीगंगा गाउँपालिका वडा नम्बर ४ का युवा सागर बराल अहिले मतदाताको बिचमा आफ्ना चुनावी एजेण्डा सहित गएको बताउँछन् । उनलाई सबैको साथ रहेको उनले सुनाए । आफ्नो जस्तो चुनावी एजेण्डाहरु अरुको नरहेकोले सबैले आफुलाई सहयोग गर्नेमा उनी विस्वस्त छन् । बुढिगंगाका युवा र जुझारु युवा सागर बरालको पक्षमा युवा, महिला, जेष्ठ नागरिक सहित मुस्लिम , पहाडे, थारु समुदाय र बिभिन्न जातजातीको साथ रहेको उनी निकटका नेता कार्यकताहरुले बताएका छन् । उनीसँगै वडा सदस्यको दौडमा रहेका महिला सदस्इ मञ्जु बुढाथोकी, चानोदेबी ऋषिदेब, चिरञ्जिवी सरदार र मोहम्मद नुर आलम पनि सोही दौडमा छन् । सागरको नेतृत्वमा हिँडेको यो टोलीले सबै टोलहरुमा घरदैलो सकेर अब आन्तरिक भोटघाट र वडा भेलामा केन्द्रीत रहेको बुढिगंगा ४ का बिष्णु अधिकारीले जानकारी दिए ।
वडा अध्यक्षमा युवा नेतृत्व आएपछि बराललाई जिताउन कुनै पार्टीपनि नभनी मतदान गर्ने मतदाताको भनाई छ ।
उनले आफु निर्वाचित भएर आएपछि नागरिकसँग सँधैसँगै रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचित भएपछि बुढिगंगा ४ मा निम्न कामहरु गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।
-गरिबको पहिचान गरि अशक्त र दिर्घ रोगीका लागि सबैको स्वास्थ्य बिमा ।
-जेष्ठनागरिकलाई घर घरमा औषधीको ब्यवस्था
– जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमा पुर्याउने
– जेष्ठ नागरिक दिवा सेवाकेन्द्र संचालन र ब्यवस्थापन
-सार्बजनिक सौचालनको ब्यपस्थापन गर्ने
– सार्बजनिक धारो सहितको स्वाच्छ खानेपानी
– वडालाई सफा र सुन्दर बनाउने
– हरेक टोलमा टोल विकास संस्था गठन र ब्यवस्थापन
– एक घर एक फलफुल विरुवा अभियान संचालन
– युवा लक्षित रोजगारीको अबसर सिर्जना गर्न तालिम र सहुलियतमा ऋण
-सार्बजनिक स्थलमा वाईफाई तथा विश्रााम स्थल
– वडामा ब्यवस्थित कृषि तथा तरकारी बजार र दुग्ध संकलन केन्द्र स्थापना
– सहुलियतमा बिउ बिजनको उपलब्ध गराउने ।
– ग्रामथान, मन्दीर, मस्जिद, दिनाभद्री लगायतका धार्मिक स्थलहरुको संरक्षण र संवद्र्धन ।
– मनमोहन प्राबिधिक विश्वबिद्यालयसँग सहकार्य, वडाका बिद्यार्थीलाई सहुलियतमा पठनपाठन
– दलित समुदायका लागि बिद्यार्थीलाई उच्च शिक्षामा छात्रबृति
– सामुदायिक बिद्यालयको स्तरोन्नती गरि प्रबिधिमैत्री शिक्षा उपलब्ध गराईने
– बालमैत्री वडा
– महिलाले संचालन गरेका घरेलु तथा साना उद्योगमा दर्ता र नबिकरणमा छुटको ब्यवस्था ।
– ब्यवस्थित खेलमैदान निर्माण ।
– फोहारमैला ब्यवस्थापन गरि सडक सफा र ब्यवस्थित गरिने ।
– हरेकका घरहरुबाट फोहोर संकलन गरि सार्बजनिक स्थलमा डस्बिनको ब्यवस्था
– उज्यालो वडा अभियान संचालन,
– भौतिक पूर्बाधारमा सडक ग्राभेल, नाली निर्माण, सडक कालोपत्रे, डुवान क्षेत्रको निकास
– भुमिहीन र सुकुम्वासीको पहिचान गरि ब्यवस्थित बसोवासको लागि पहल थालिने
– वडा भित्रका उद्योगमा स्थानीयलाई रोजगारी दिने ब्यवस्था मिलाउने, उद्योगलाई चाहिने श्रमशक्तिलाई सिप विकास तालिमको ब्यवस्था गर्ने ।
– अपाङ्गता पुनरुत्थान कार्यक्रम संचालन
– प्रदेश र संघीय सरकारसँगको समन्वयमा ठुला विकासे योजना ल्याउने
– वडाका समस्या र गुनासाको बारेमा हरेक तीन महिना सामुहिक छलफल र सुझावको आधारमा अघि बढ्ने ।

यहाँ कमेन्ट गर्नुहोस्