१४ बैशाख २०८१, शुक्रबार

विराटनगरलाई ज्येष्ठ नारिकमैत्री बनाउने प्रतिवद्धता

संवाददाता

विराटनगर । नेकपा एमालेका लागि विराटनगर महानगरपालिकाका मेयरका उमेदवार सागर थापाले विराटनगरलाई ज्येष्ठ नागरिकमैत्री नगर बनाउने बताउनुभएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार अभियानका सन्दर्भमा आज विराटनगर ३ का ज्येष्ठनागरिकहरुले उठाएको जिज्ञासामा यस्तो कुरा बताएका हुन् । पार्टीको नीति र कार्यक्रमअन्तर्गत रहेरै ज्येष्ठ नागरिकमैत्री नगर बनाउन आफू सक्रिय रहने थापाले प्रतिवद्धता व्यक्त गरे ।
स्थानीय विहिबारेहाटमा रहेको निर्मित ज्येष्ठनागरिक भवनको बाँकी काम र त्यससँग सम्वन्धित विषयहरुलाई व्यवस्थित गरिदिनुपर्ने ज्येष्ठनागरिकहरुको माग रहेको थियो । प्रदेश १ का तत्कालीन नेकपा एमालेका सामाजिक विकास मन्त्री जीवन घिमिरेको सक्रियतामा ५० लाख रुपियाँमा निर्मित उक्त भवनले अझै पूर्णता पाउन नसेकपछि ज्येष्ठ नागरिकहरुले आवाज उठाएका थिए ।
भवन परिसरमा अष्ठचीरञ्जीवीको मन्दिर, पुस्तकालय निर्माण लगायत ज्येष्ठनागरिकका लागि आवश्यक अन्य भौतिक पूर्वाधारका लागि उनीहरुले उम्मेदवारको ध्यानाकर्षण गराएका थिए । उमेदवारहरुले वडाका अन्य ठाउँहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरे ।
यसअघि मङ्गलारको प्रचार अभियानमा उम्मेदवारहरुलाई पार्टीका शीर्ष नेताहरुले पनि साथ दिएका थिए । आजै विराटनगरको वडा नं. १२ का पाँचस्थानमा कोणसभा भएको छ । निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका केन्द्रीय सदस्य विनोद ढकालको अगुवाईमा केन्द्रीय तहका नेताहरु लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, बालेश्वर कामत लगायतले पनि साथ दिएका छन् ।
वडा नं. १२ को कोणसभामा प्रदेश योजना आयोगका अध्यक्ष समेत रहनुभएका एमाले नेता सुवोधराज प्याकुरेल र युवा नेता पर्शुराम बस्नेतले पनि सम्वोधन गरे । नगरवासीहरुको उत्साहजनक सहभागिता रहेको प्रचार अभियान कार्यक्रममा उपमेयरकी उमेदवार शील्पा कार्कीले आफूले निर्वाचन जीतेपछि समग्र महिलाको हित प्रवद्र्धन हुने काम गर्ने बचन वद्धता प्रकट गरिन् । महानगरपालिका अन्तर्गतको न्यायिक समितिका माध्यमबाट तमाम महिलाका समस्या समाधान गर्ने उद्देश्यका साथ पार्टीले आफूलाई अघिसारेको उहनको भनाई थियो ।
वडा नं. ३ को कार्यक्रम कार्यक्रम पछि मेयरका उमेदवार थापाले एक सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्वोधन गर्दै आफ्ना नीति र कार्यक्रमहरुबारे जानकारी दिए ।
उमेदवारहरुले अपरान्ह पार्टीका कार्यक्राहरुको सक्रिय सहभागितामा वडा नं. १८ को घरदैलो कार्यक्रम सम्पन्न गरे ।

यहाँ कमेन्ट गर्नुहोस्