१४ बैशाख २०८१, शुक्रबार

विराटराजा दरवार क्षेत्रको अन्वेषण गर्न बजेट उपलब्ध गराउँछु : देउवा

मन नहुँदा नहुँदै प्रधानमन्त्री बनाईदिए

संवाददाता

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आबश्यकता अनुसार गठबन्धन बनेको बताएका छन् । आफुलाई प्रधानमन्त्री बन्ने मन नहुँदा नहुँदै पनि प्रधानमन्त्री बनाई दिएको पनि उनले बताए । विराटनगरमा नेपाली कांग्रेस मोरङको आयोजनामा भएको चुननावी सभालाई सम्बोधन गर्दै देउवाले सबैले प्रधानमन्त्री बन्नु पर्यो भनेर सबै दलले भनेपछि मात्र आफु प्रधानमन्त्री बनेको स्वीकार गरेका छन् । ‘केपी ओली नेतृत्वको सरकारले सबैलाई डर त्रास देखाएको थियो, उनले भने, लोकतान्त्रलाई सुन्दर बनाउने बनाउने पबित्र उदेश्यले गठबन्धन बनेको छ, कांग्रेस आफुले धोका खाएपनि अरुलाई धोका दिँदैन ।’ उनले कुनैपनि हालतमा गठबन्धनलाई धोका दिन नहुने बताए ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु भनेको स्थानीय तहलाई पनि बलियो बनाउनु रहेकोमा जोड दिए । उनले अब विराटनगरमा रहेको बिराट राजा दरबार क्षेत्रलाई बजेटको ब्यवस्थापन गरि पुरातत्व विभागबाट अन्वेषण गराउने प्रतिबद्धता जनाए । अहिलेको सरकारले क्यासर सहितका बिभिन्न ४ प्रकारका रोगीको लागि महिनाको ५ हजार दिएको दाबी गरे । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले अब स्थानीय सरकारलाई सम्पुर्ण अधिकार दिने पनि घोषणा गरे । ‘अब स्थानीय सरकारलाई सम्पुर्ण अधिकार दिएर अघि बढ्नु पर्छ, उनले भने, अधिकारको प्रयोग, पालिकाको श्रोत संकलनको बारेमा क्यापासिटी बिल्डिङ गरेर भएप्नि अधिकार दिनु पर्छ ।’ अधिकारको बारेमा प्रमुख उपप्रमुखलाई तालिम दिएर अधिकार कार्यान्वायनमा लगिने दाबी देउवाको छ ।
उनले नागेश कोईरालाई अन्याय गरेको पनि स्वीकार गरेका छन् । ‘मैले नागेशलाई अन्याय गरेको थिएँ, उनले भने, अघिल्लो चुनावमा पनि केही गर्न सकिन प्रदेश सांसद पनि बनाउन सकेको थिईँन, अहिले मेयर बनाएको छु, गठबन्धनले जित्नु पर्छ ।’
कार्यक्रममा बोल्दै रामचन्द्र पौडेलले बिराटनगरले सँधै नयाँ सन्देश दिने भएकोले चुनावी अभियानपनि बिराटनगरबाट शुरु भएको बताए । गठबन्धनको संस्कृती बिस्कृत शान्ति सम्झौता देखि नै शुरु भएको बताएका पौडेलले राजनीतिक स्थीरता, परिवर्तनको रक्षाको लागि गठबन्धन गरेको सुनाए ।
डा शेखबर कोईरालाले अहिलेको स्थानीय तहको निर्वाचनले आगामी प्रदेश र संघीय निर्वाचनलाई पनि ईङगित गर्ने बताए । उनले बिराटनगरको पहिचान समाप्त हुँदै गएको स्मरण गराउँदै बाढीको ब्यवस्थापन, बिमानस्थलको स्तरोन्नती र रिङ रोडको संघले गर्नु पर्ने काममा ध्यान दिन आग्रह गरे । कायक्रममा महेश आचार्य, मिनेन्द्र रिजाल, डा डिला संग्रौला, भिम पराजुली, अमृत अर्याल, गुरुराज घिमिरे, डिना आचार्य सहित बिराटनगरमा गठबन्धनका उम्मेदवार नागेश कोईराला र अमरेन्द्र यादवले सम्बोधन गरेका थिए । उनीहरुले बिराटनगरको विकास, समस्या र समाधान गर्ने उपायमा संघीय सरकारको सहयोगको अपेक्षा राखेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्