१६ चैत्र २०८०, शुक्रबार

विराटनगरलाई ‘व्यवस्थित नगर’ बनाउने एमालेका उमेदवारहरुको प्रतिवद्धता

संवाददाता

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा एमालेको तर्फबाट विराटनगरका मेयरका उमेदवार सागर थापा र उपमेयरकी उमेदवार शिल्पा कार्की भोट माग्न वडा–वडामा पुग्नुभएको छ ।
पत्रकार इन्दिरा भट्टराईका अनुसार मेयर र उपमेयरका उमेदवारहरुले वुधवार वडा नं. ९ को घरदैलो कार्यक्रममा सहभागी भएर जनअपेक्षा बुझ्दै चुनावपछि उचित सम्वोधन गर्ने प्रतिवद्धता जाहेर गरे ।
आजै मुख्य बजार खण्ड बुधहाट चोकको कोणसभालाई सम्वोधन गर्दै मेयरका उमेदवाुर थापाले बजार क्षेत्र विशेषका समस्याहरुलाई उचित ढङ्गले व्यवस्थित गर्ने बताए । उनले आफूले चुनाव जितेर महानगरको नेतृत्व लिएपछि नेकपा एमालेले अघि सारहेको ‘समृद्ध विराटनगर, सुखी नगरवासी’ को अवधारणालाई साकार पार्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले आफू नेतृत्वमा पुगेपछि विराटनगरमा प्रदेश एकको राजधानीको व्यवस्थित संरचना निर्माणका लागि आवश्यक जग्गा उपलव्ध गराएर व्यवस्थित गर्ने पनि बताए ।
उपमेयरकी उमेदवार शिल्पा कार्कीले आफ्नो टिमले जिम्मेवारी पाएपछि अव्यवस्थित विराटनगरलाई व्यवस्थित, समुन्नत र सुन्दर शहरको रुपमा विकास गर्ने अवधारणा व्यक्त गरिन् ।
नगरक्षेत्रभित्र रहेको बजार तथा सडक र ट्राफिक व्यवस्थापनमा ध्यान दिएर व्यवस्थित बजार निर्माण गर्ने आफ्नो योजना रहेको पनि कार्कीले बताइन् । त्यसैगरी बजारको फोहोर व्यवस्थापनको उचित प्रवन्धका लागि पनि एमालेले आफ्ना प्रतिवद्धतामा उल्लेख गरे अनुसारका कार्यक्रम सञ्चालन गर्ने उनको तर्क थियो ।
वडा नं.१२ का अध्यक्ष उमेदवार श्रीप्रकाश टोटलाले पनि कोणसभालाई सम्वोधन गर्दै आफ्ना प्रतिवद्धताहरु जनसमक्ष प्रस्तुत गरे ।
यस अघि आजै विहान एमाले उमेदवारहरुले वडा नं. १४ मा घरदैलो गरी एमालेप्रतिको जनभावना सङकलन गरे । सोही वडाका विभिन्न पाँचस्थानमा कोणसभा गरियो । कोणसभामा पार्टीका जिल्ला सचिव रुपेश खतिवडाले एमालेको अभियानमा सरिक भएर एमालेप्रति देखाएको सद्भाव र समर्थनको प्रशंसा गर्दै नगरवासीलाई धन्यवाद दिए ।
आजै मेयरका उमेदवार सागर थापा मुस्लिम समुदायको पावन पर्व इदमिलन कार्यक्रममा सरिक भए ।
आजको घरदैलो लगायत चुनावी प्रचार अभियान कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, मोरङ जिल्ला

यहाँ कमेन्ट गर्नुहोस्