०७ बैशाख २०८१, शुक्रबार

भोजपुरमा आगलागी हुँदा अढाई बर्षीय बालिकाको जलेर मृत्यु

संवाददाता

विराटनगर । भोजपुरको षडानन्द नगरपालिकामा आगलागीमा परि एक बालिकाको ज्यान गएको छ। बोया विहिवारे बजारमा भिषण आगालागी हुदाँ अढाई वर्षिया वालिकाको ज्यान गएको हो । आगालागीमा परि स्थानीय खेममणी तामाङको अढाई वर्षिया छोरी रेश्मा तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । अन्य २ जना घाइते भएका छन् । घाईते खेममणी तामाङ र मिना तामाङलाई थप उपचारको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राई बताए । उनीहरु दुबै जना जलेर गम्भीर घाईते भएका छन् ।
प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले बताए । खेममणी तामाङको पसलबाट सुरु भएको आगोले आफ्नैे घर र पसल, डम्बर तामाङको २ वटा घर तथा सोहि घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको एक घर तथा होटल र सोहि घरमा रहेको सुर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर पुर्ण रूपमा नष्ट भएकोछ ।

 

यहाँ कमेन्ट गर्नुहोस्