१४ बैशाख २०८१, शुक्रबार

मेयरका उमेदवार थापाले भने ‘सबै कर्मचारीहरुको पेशागत सुरक्षाको ग्यारेन्टी गर्छु’

संवाददाता

विराटनगर। नेकपा एमालेको तर्फबाट विराटनगर महानगर पालिकाका मेयरका उमेदवार सागर थापाले विराटनगर महानगरपालिकाका कर्मचारीहरुसँग छलफल गर्दै सबै कर्मचारीको सुरक्षा र स्थायित्वको ग्यारेन्टी गर्ने बताएका छन् । आज विराटनगर महानगरपालिकाको कार्यालयमा कर्मचारीहरुसँग छलफल गर्दै उनले सबै कर्मचारीलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाउँदै सबै कर्मचारीको क्षमता विकास र स्थायित्व गर्ने बताएका हुन् । उनले कर्मचारीहरुलाई प्रोत्साहन गर्ने, सबै कर्मचारीलाई भेदभाव नगरि सबैको साथ लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् । थापाले कर्मचारीहरुलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने समेत बताए । उनले सबै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्